close

नग्नता सम्बन्धी भिडिओ स्वचालित रुपमा हट्ने प्रविधि प्रयोग गर्दै टिकटक

टेकपाना टेकपाना

असार २६, २०७८ १२:४

नग्नता सम्बन्धी भिडिओ स्वचालित रुपमा हट्ने प्रविधि प्रयोग गर्दै टिकटक

काठमाडौं । छोटो भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले भिडिओ सामग्रीको रिभ्युमा संलग्न मानव जनशक्ति विस्थापित गर्दै स्वचालित प्रविधि प्रयोग गर्ने भएको छ । कम्पनीले अमेरिका र क्यानडामा अटोमेटेड रिभ्यु सिस्टम सुरु गर्ने भएको हो ।

जसबाट नग्नता, अश्लीलता, यौन, अपराध, ग्राफिक कन्टेन्ट, गैरकानूनी तथा हिंसात्मक गतिविधि  सम्बन्धी भिडिओ सामग्रीको रिभ्यु स्वचालित तवरबाट हुनेछ । यदि कुनै भिडिओ सामग्री यी समूह भित्र रहेको कुरा टिकटकको सिस्टमले समात्न सकेको खण्डमा त्यसलाई तुरुन्तै हटाइ दिनेछ ।

त्यसपछिको अवस्थामा कृयटरले मसिनको निर्णयलाई पुनर्विचार गराउन मानव मोडेरेटरलाई अपील गर्न सक्नेछन् । हालसम्म टिकटकले अमेरिकामा भिडिओ रिभ्युको काम मानव मोडेरेटरमार्फत गराउँदै आएको छ ।

तनाव सिर्जना गर्ने भिडिओलाई सीमित गर्ने उद्देश्यका साथ यस किसिमको परिवर्तन गर्न लागिएको हो । तर स्वचालित प्रणालीले पूर्णताका साथ काम गर्न नसक्ने कुरा टिकटकका लागि समस्याको विषय हुनेछ ।

टिकटकले केही देशमा मोडेरेसनका लागि पूर्ण अटोमेसन प्रणाली सुरु गर्ने बताएको छ । जसका लागि ब्राजिल र पाकिस्तान सहितका देशमा यसको परीक्षण भइरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३