काठमाडौं । नेपाली बजारमा रियलमी ७ र सी १२ को मूल्य घटेको छ । शनिबारदेखि लागू हुने गरी कम्पनीले यी माेडलकाे मूल्य घटाएकाे हाे ।
अब रियलमी ७ को मूल्य रू. ३२,९९० निर्धारण गरिएको छ, जसमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज छ ।
यसैगरी रियलमी सी १२ काे मूल्य रू. १४,९९० निर्धारण गरिएकाे छ, जसमा ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज रहेको छ । रियलमी नेपालका १ सय भन्दा बढी आउटलेटमा कम्पनीका स्मार्टफाेन उपलब्ध छ ।