काठमाडौं । गुगलको भिडिओ कलिङ एप्लिकेसन गुगल मिटले हालै मात्र आईओएस र एन्ड्रोइड प्रयोगकर्ताको व्यक्तिगत कललाई आनन्ददायी बनाउन नयाँ भिडिओ फिल्टर तथा इफेक्ट थप गरेको छ । जसमा एआर मास्क, डुओ स्टाइल फिल्टर र युनिक इफेक्ट समेत सामेल छन् ।
यससँगै अब तपाईंले गुगल मिटको माध्यमबाट नयाँ इफेक्ट प्रयोग गरी आफ्नो व्यक्तिगत कलमा रमाइलो गर्न सक्नुहुनेछ । गुगलले ट्वीटमार्फत दिएको जानकारी अनुसार प्रयोगकर्ताले कलको दौरान भिडिओ फिडको मुनी दायाँतर्फ स्पार्कल आइकनमा ट्याप गरी विभिन्न प्रकारका कलर नयाँ फिल्टर तथा एनिमेटेड एआर फेस इफेक्ट प्रयोग गर्न सक्नेछन् ।
Add cats, astronauts, jellyfish and more to your Meet calls. New filters, masks and effects are now available for Meet on Android and iOS. Try it today → https://t.co/DDSvWFxDG8pic.twitter.com/hylhsCcUuj
धेरैजसो अप्सन केवल व्यक्तिगत जिमेल अकाउन्टका लागि उपलब्ध छन् । यद्यपि वर्कस्पेस प्रयोगकर्ताका लागि ब्लर भर्चुअल ब्याकग्राउन्ड जस्ता सीमित अप्सन छन्, जसले भिडिओ कलिङलाई प्रोफेसनल बनाउन सहयोग गर्दछन् । यस किसिमका फिल्टर गुगलको उपभोक्ता लक्षित डुओ भिडिओ च्याटमा पहिलेदेखि नै उपलब्ध छन् ।
नाइन टु फाइभ गुगलका अनुसार कम्पनीले डुओलाई मिटमा परिवर्तन गर्ने योजना बनाइरहेको छ । प्रविधिको दिग्गज कम्पनी गुगलले गत जुनमा मिट एपमा केही परिवर्तन समेत ल्याएको थियो । गुगल मिटमा पछिल्ला केही महिनामा धेरै नयाँ सुविधाहरू थपिएका छन् र यसमा सुधार समेत भइरहेको छ ।
हालै मात्र कम्पनीले यसका लागि एउटा नयाँ अपडेट जारी गरेको छ । जसले मिटिङको बीचमा हात उठाउने सुविधालाई थप परिष्कृत बनाउनेमा केन्द्रित छ । यसबाट मिटिङका दौरान हात उठाउन र त्यसलाई पहिचान गरेर सम्बोधन गर्न सहज बनाएको छ । यस बाहेक लाइभ स्ट्रिमको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले क्याप्सन थप गर्ने विकल्प समेत दिएको छ ।