close

घरबाटै अदालतमा बहस र पैरवी

टेकपाना टेकपाना

असार २८, २०७८ ९:४२

घरबाटै अदालतमा बहस र पैरवी

पाेखरा । कानुन व्यवसायीहरू बहस र पैरवीका लागि अदालत धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । उच्च अदालत पोखराले अदालतमा उपस्थित नभई बहस र पैरवी गर्न मिल्ने व्यवस्था गरेको छ ।

‘अब वकिलहरू अदालतमा आएर बहस गर्नुपर्ने छैन,’ उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलले भने, ‘अब घर वा अन्य जुनसुकै स्थानबाटै मुद्दाका विषयमा बहस र पैरवी गर्न मिल्ने प्रविधिको व्यवस्था गरेका छाैं ।’

उच्च अदालत कास्कीले आफ्नो वार्षिक प्रगति विवरणबारे जानकारी दिन आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा उक्त जानकारी गराइएकाे हाे ।

अदालतले यहाँ उपस्थित नभई पनि बहस गर्ने व्यवस्था गरेकाे बताउँदै रजिष्ट्रार पौडेलले भने, ‘हामीले पूर्वाधार तयार गरेका छौं । त्यसका लागि तयार छौं । उच्च अदालतले नगराैं भनेकाले सञ्चालन ल्याउन सकेका छैनौं ।’

अदालतलाई प्रविधिमैत्री बनाउँदै लगिएको र यसले काम कारबाहीमा सहजता ल्याउने विश्वास गरिएको उनले बताए । ‘अब बहसका लागि अदालतमै उपस्थित हुनुपर्ने अवस्थाको अन्त्य भएको छ तर, कानुन व्यवसायीहरू तयार नहुँदा कार्यान्वयन गर्न सकिएको छैन,’ उनले भने । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३