close

फेक अकाउन्ट समेत भेरिफाई भएपछि ट्वीटरले माग्यो माफी

टेकपाना टेकपाना

असार २९, २०७८ १६:२७

फेक अकाउन्ट समेत भेरिफाई भएपछि ट्वीटरले माग्यो माफी

काठमाडौं । ट्वीटरमा भएका फेक अकाउन्ट पनि भेरिफाई भएको कुरा ट्वीटरले स्वीकार गरेको छ । केही समय अगाडि ट्वीटरले पब्लिक भेरिफिकेसन प्रोग्राम मार्फत थुप्रै अकाउन्टहरू भेरिफाइ गरेको थियो । जसमा केही फेक अकाउन्ट पनि रहेको पाइएकोले ती अकाउन्टहरूलाई कम्पनीले अहिले सस्पेन्स गरेको डेली डटलाई बताएको छ ।

कन्सपिरेडोर नोर्टेनो नामका एक वैज्ञानिकले यस्ता छ वटा भेरिफाई फेक अकाउन्ट पत्ता लगाए पछि ट्वीटरले यस विषयमा जानकारी पाएको थियो । उनले पत्ता लगाएका भेरिफाइड अकाउन्टहरू मध्येमा केही हालसालै मात्र खोलिएका अकाउन्ट समेत छन् भने केहीले हाल सम्म एउटा पनि ट्वीट पोस्ट गरेका छैनन् । त्यस्तै ती मध्य दुई अकाउन्टले आफ्नो प्रोफाइल पिक्चरमा स्टक बजारको फोटो राखेका छन् ।

‘भुलवश हामीले थोरै सङ्ख्यामा फेक अकाउन्टका एप्लिकेसनहरूलाई पनि भेरिफाई गरेका छौं । हाम्रो म्यानुपुलेसन एण्ड स्पाम नीति अन्तर्गत रहेर हामीले केही अकाउन्टहरू हटाइसकेका छौँ र उनीहरूको भेरिफाइड ब्याज पनि हटाइका छ,’ ट्वीटरले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

यस घटनाले ट्वीटरको अकाउन्ट भेरिफिकेसन गर्ने प्रकृयामाथि नै प्रश्न उठाएको छ । ट्वीटरको अकाउन्ट भेरिफिकेसन मापदण्डहरूमा अकाउन्ट भेरिफाई हुनका लागि सो अकाउन्ट सक्रिय प्रयोगकर्ताले प्रयोग गर्ने गरेको प्रमाणको पनि आवश्यकता पर्दछ ।

यद्यपि भेरीफाई भएका अकाउन्टहरूमा केही निष्कृय अकाउन्टहरू पनि थिए । नोर्टेनोको ट्वीटर थ्रेड अनुसार भेरिफाइड भएका ती छ वटा नै फेक अकाउन्टका ९७६ ओटै फलोअर्स एउटै थिए । जुन शंकास्पद विषय थियो । ती सबै अकाउन्ट जुन १९ देखि जुन २० को बीचमा खोलिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३