काठमाडौं । गुगलले कम्प्युटर प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने भएको छ । गुगलले आफ्नो ब्लगपोस्टमार्फत डेक्सटपलाई सोझै गुगल ड्राइभसँग सिंक गराउन सकिनेगरी नयाँ फिचर ल्याउने जानकारी दिएको हो ।
कम्पनीका अनुसार आउँदो हप्तामा सबै कम्प्युटर प्रयोगकर्ताले डेक्सटप ड्राइभ प्रयोग गर्न पाउनेछन् । यसका कम्पनीले आउँदो सेप्टेम्बरसम्म सिंक गर्न सल्लाह दिइरहने छ । त्यसपछि भने प्रयोगकर्ताले नोटिफिकेसन देख्न सक्नेछन् ।
जसमा उनीहरूलाई फाइल सिंक गर्नका लागि सूचित गरिनेछ । डेक्सटप ड्राइभको सहयोगमा प्रयोगकर्ताले आफ्नो म्याक वा पीसीमार्फत सोझै क्लाउडसम्म पहुँच पाउनेछन् । यसले डिस्क स्पेसलाई समेत फ्रि गरिदिने उल्लेख छ ।
साथै तपाईंको नेटवर्क ब्याण्डविथ समेत जोगिनेछ । कम्पनीले हालै दिएको जानकारी अनुसार डिस्क फाइल क्लाउडमा स्टोर हुनेछन् । यसकारण तपाईंको वा अर्को डिभाइसमा गरिएको कुनै परिवर्तन स्वतः रुपमा हरेक स्थानमा अपडेट हुनेछ ।
यसबाट हरेक समयमा तपाईंले फाइलको पछिल्लो भर्सन पाउन सम्भव हुनेछ । डेक्सटपका लागि ड्राइभ विण्डोज तथा म्याक ओएसका लागि एउटा एप्लिकेसन बनाइएको छ । जसले प्रयोगकर्तालाई सोझै आफ्नो डेक्सटपबाट फाइलसम्म पुर्याउनेछ ।
यसबाट प्रयोगकर्तालाई फोल्डरसम्म पहुँच पाउन सहज हुनेछ । प्रयोगकर्ताले सामान्यतया डेक्सटपमा रहेका फाइलहरुमा एक्सेस गर्न सहज महसुस गर्ने गरेका छन् । ठीक त्यसैगरी प्रयोगकर्ताले ड्राइभमा रहेका फाइल प्राप्त गर्न सक्नेछन् ।
डेक्सटपको ब्याकग्राउण्डमा समेत लोकल फाइललाई क्लाउडमा अटोमेटिक रुपमा सिंक हुने कम्पनीको भनाई छ । जसबाट फाइललाई सिंक गर्नका लागि लाग्ने समय समेत कम हुनेछ ।
त्यसो त गुगलमा यस अघि देखि नै ब्याकअप तथा सिंकसाथै ड्राइभ फाइल स्ट्रिमको सुविधा समेत उपलब्ध छ । जसलाई बिजनेस प्रयोगकर्ताका लागि बनाइएको थियो । त्यसलाई अब डेक्सटपका लागि नयाँ ड्राइभमा एकसाथ ल्याउन लागिएको हो ।
कम्पनीका अनुसार यो ब्याकअप-सिंक तथा ड्राइभ पाइल स्ट्रिम दुवैबाट राम्रा र अधिक उपयोग हुने सुविधा समेत हुनेछन् । प्रयोगकर्ताले गुगल फोटोज तथा गुगल ड्राइभमा फोटो तथा भिडिओ अपलोड एवम् सिंक गर्न सक्नेछन् ।
साथै फ्ल्याश ड्राइभ तथा बाह्य हार्ड ड्राइभलाई समेत क्लाउडमा सिंक गर्न सकिनेछ । यो फिचर आएसँगै तपाईंको विण्डोज कम्प्युटरमा नोटिफिकेसन आउनेछ । जसमा ड्राइभ फर डेक्सटप देखिनेछ ।
सिंक हुन केही मिनेटदेखि केही घण्टासम्म लाग्न सक्ने बताइएको छ । यो विषय प्रयोगकर्ताको फाइलको आकारमा निर्भर हुनेछ । जुन प्रोग्रेस बारमा देख्न सकिनेछ । फाइल सिंक हुँदै गर्दा प्रयोगकर्ताले कम्प्युटरमा अन्य काम समेत गर्न सक्नेछन् ।
जब स्क्यान पुरा हुन्छ, तब प्रयोगकर्ताले आफ्नो फाइलको सारांश समेत देख्न सक्नेछन् । साथै प्रयोगकर्ताले फाइल कसरी सिंक गराउने भन्ने विषय समेत छनौट गर्न पाउनेछन् । यसैगरी तपाईं ड्राइभमा कुन फोल्डर सिंक गराउन चाहनुहुन्छ, त्यसलाई समेत छनौट गर्ने सुविधा पाउनुहुनेछ ।