close

टेस्लामा सीईओका रुपमा आफैंलाई घृणा गर्छन् मस्क

टेकपाना टेकपाना

असार ३०, २०७८ १०:१४

टेस्लामा सीईओका रुपमा आफैंलाई घृणा गर्छन् मस्क

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले आफूबिना कम्पनी मर्ने बताएका छन् । आफूलाई कम्पनीको सीईओको रुपमा काम गर्न मन नलागेको तर, कम्पनी आफूबिना अगाडि बढ्न नसक्ने विचार उनले व्यक्त गरेका छन् ।

अदालतको एक बहसका क्रममा उनले आफूलाई डिजाइन र इन्जिनियरिङमा समय बिताउन मनपर्ने धारणा राखे ।

जब उनलाई टेस्लामा सीईओको भूमिकाबारे प्रश्न सोधियो, उनले भने, ‘म यसलाई घृणा गर्छु । म डिजाइन र इन्जिनियरिङमा मेरो धेरै समय खर्च गर्न चाहान्छु, जुन चाहिँ मेरो आफ्नै चाहना हो ।’

उनले अगाडि भने, ‘म कुनै पनि कुराकाे बोस हुन चाहन्नँ ।’ तर आफू टेस्लाको सीईओ नभए कम्पनी मर्ने उनको तर्क थियो ।

२०१६ मा टेस्लाले ‘सोलार सिटी’ कम्पनी खरिद गर्दा बढी रकम खर्चेको विषयमा चान्सेरीकाे डेलावेयर अदालतमा बहस चलिरहेको छ । जुन मुद्दामा टेस्लाको बोर्डमा एकलौटी निर्णय गरेको, लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको लगायतका आरोप मस्कमाथि लगाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३