close

प्रभु पेबाट यसरी गर्नुहाेस् ‘दि भ्वाइस अफ नेपाल’ का मनपर्ने प्रतिस्पर्धीलाई भोट

टेकपाना टेकपाना

असार ३०, २०७८ ११:३५

प्रभु पेबाट यसरी गर्नुहाेस् ‘दि भ्वाइस अफ नेपाल’ का मनपर्ने प्रतिस्पर्धीलाई भोट

काठमाडौं । पछिल्लो समय टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरूमा अनलाइन भोटिङको अभ्यास बढेको छ । कुनै समय कागजमा नाम लेखेर भोटिङ गरिन्थ्यो । विस्तारै मोबाइल म्यासेजमा कोड टाइप गरेर म्यासेजमार्फत हुने भोटिङले स्थान पायो । अझ अहिले आएर अनलाइनमार्फत हुने भोटिङ सबैको रोजाइमा परिरहेको छ ।

अनलाइन कारोबारमा प्रयोगकर्ताको बढ्दो पहुँचका कारण पनि पछिल्लो सयम अनलाइन भोटिङमार्फत भोट गर्ने क्रम उल्लेख्य बढेको हो । विभिन्न वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनीले अनलाइन भोटिङ सेवा उपलब्ध गराउँदै आएका छन् ।

यही क्रममा यहाँ हामी तपाईंहरुलाई हाल चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई कसरी भोट गर्ने भनेर जानकारी दिँदै छौं ।

त्योभन्दा अघि हामीले यो बुझ्न जरुरी छ कि ‘दी भ्वाइस अफ नेपाल’ को भोटिङ ‘प्रभु पे’ बाट मात्रै गर्न सकिन्छ । त्यसैले यहाँ हामी तपाईंलाई प्रभु मोबाइल वालेटबाट आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई कसरी अनलाइन भोटिङ गर्ने भन्ने विषयमा क्रमिक रुपमा जानकारी दिँदैछौं ।

त्यसका लागि सबैभन्दा पहिलो तपाईंसँग प्रभु पे वालेट हुन आवश्यक छ । भने, प्रभु पे अकाउन्ट भेरिफाई (प्रमाणित) भएको खण्डमा अझ प्रभावकारी हुनेछ ।

यदl तपाईंसँग प्रभु पे वालेट छ भने अब अनलाइन भोटिङ कसरी गर्ने त ?

त्यसका लागि सुरुमा प्रभु पे वालेट खोल्नुहोस् । वालेट खोलेसँगै केही तल ‘टिकेट एण्ड इभेन्ट’ भन्ने सेक्सन छ । त्यसभित्र ‘भोटिङ’ भन्ने अप्सन रहेको छ । अब उक्त ‘भोटिङ’ मा क्लिक गर्नुहोस् ।

अब त्यहाँ तपाईंले विभिन्न कार्यक्रमको ब्यानर देख्नुहुन्छ । जसमा हाल ‘कमेडी च्याम्पियन’, ‘जस्ट डान्स स्टार’, र ‘दि भ्वाइस आफ नेपाल’ रहेको छन् । त्यसमध्य] ‘दि भ्वाइस अफ नेपाल’ को ब्यानरमा क्लिक गर्नुहोस् ।

त्यसमा क्लिक गरेसँगै नयाँ स्क्रिन खुल्नेछ । स्क्रिनको तल तपाईंले ‘भोट नाउ’ भन्ने अप्सन देख्नुहुनेछ । 

उक्त अप्सनमा क्लिक गरेसँगै तपाईंले त्यहाँ प्रतिस्पर्धीहरुको फोटो सहितको सूची देख्नुहुनेछ ।

त्यसमध्य आफूलाई मनपर्ने प्रतिस्पर्धी छनोट गरी त्यसको तल रहेको ‘भोट नाउ’ मा क्लिक गर्नुहोस् ।

त्यति गरेसँगै त्यहाँ दुई वटा अप्सन देखिने छ । जसमा ‘भोट नाउ’ र ‘आई ह्याभ अ कुपन’ रहेको छ । जसमध्ये ‘आई ह्याव अ कुपन’ भन्ने अप्सन यदि तपाईंसँग कुपन भएको खण्डमा प्रयोग गर्न सक्नुुहनेछ । तपाईंले कुपन प्रभु मर्चेन्ट, प्रभु कियोस मसिन, प्रभु मनि ट्रान्फरमार्फत खरिद गर्न सक्नुहुन्छ ।

अन्यथा पहिलो अप्सन ‘भोट नाउ’ मा क्लिक गर्नुहोस् । ‘भोट नाउ’ क्लिक गरेसँगै अब त्यहाँ तपाईंले कति वटा भोट गर्ने भन्ने अप्सनहरु देखाउनेछ ।

यदि एउटा एपिसोडमा एउटा मात्रै भोट गर्ने भए तपाईंले निःशुल्क रुपमा गर्न सक्नुुहुनेछ । तर, त्योभन्दा बढी भोट गर्नुपर्ने भएको खण्डमा त्यहाँ उल्लेखित शुल्क तिर्नुपर्ने हुन्छ । जस्तो १० वटा भोटको लागि ५० रुपैयाँ रहेको छ ।

त्यसमध्ये कति वटा भोट गर्ने हो, छनोट गर्नुहोस् र स्क्रिनको तल रहेको ‘भोट नाउ’ मा क्लिक गर्नुहोस् ।

त्यती गरेसँगै त्यहाँ कन्फर्मेशनका लागि ‘पप अप’ स्क्रिन खुल्नेछ । जसमा रहेको ‘कन्फर्म’ अप्सनमा क्लिक गरी तपाईंले भोट गर्न सक्नुहुनेछ ।   ​​​​​​​

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३