close

कन्टेन्ट क्रियटरलाई १ अर्ब डलर बोनस दिने फेसबुकको घोषणा

टेकपाना टेकपाना

असार ३१, २०७८ ७:३०

कन्टेन्ट क्रियटरलाई १ अर्ब डलर बोनस दिने फेसबुकको घोषणा

काठमाडौं । फेसबुकले आगामी वर्ष कन्टेन्ट क्रियटरहरूलाई रिवार्डस्वरुप एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । फेसबुकमा कम्पनीका विभिन्न उत्पादनलाई भिन्न तरिकाले प्रयोग गर्ने क्रियटरहरूलाई यस्तो रकम उपलब्ध गराइने उल्लेख छ । 

क्रियटरको भिडिओमा विज्ञापन राखेबापत तथा लाइभ स्ट्रिमिङमा निश्चित लक्ष्य पुरा गरेबापत यस किसिमको रिवार्ड पाउनेछन् । जुन फेसबुकका साथै इन्स्टाग्राम तथा आईजी टिभी र रिल्समा समेत लागू हुनेछ ।

फेसबुकले यस किसिमको रकम हाल इन्भिटेसनका आधारमा मात्र उपलब्ध गराउँदै आएको छ । तर आम्दानी गर्न सकिने नयाँ विकल्प भने चाँडै सार्वजनिक गरिने कम्पनीका संस्थापक मार्क जुकरबर्गले उल्लेख गरेका छन् ।

यस वर्षको अन्त्यदेखि कम्पनीले अन्य क्रियटरलाई समेत आम्दानीको मौका दिने बताइएको छ । यसरी वितरण हुने रकम सन् २०२२ को अन्त्यसँगै उपलब्ध गराइने बताइएको छ । हालै मात्र टिकटक र स्न्यापच्याटजस्ता एपले समेत क्रियटरलाई रकम उपलब्ध गराउने घोषणा गरेका थिए ।

फेसबुकको यो घोषणा त्यति स्पष्ट छैन । कुनै एउटा उत्पादनमा केन्द्रित हुनेभन्दा पनि कम्पनीले विभिन्न प्रकारका गतिविधि र लक्ष्य पुरा गरेको आधारमा यस किसिमको रकम बोनस स्वरुप उपलब्ध गराउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१