काठमाडौं । साओमी स्मार्टफोनका प्रयोगकर्ता एन्ड्रोइड १२ मा आधारित मियूआई १३ को प्रतिक्षामा छन् । विभिन्न स्राेतका अनुसार कम्पनीले आगामी अगस्टमा मियूआई १३ उपलब्ध गराउने तयारी गरेकाे छ ।
मियूआईको नयाँ भर्सनका रुपमा यो साओमी स्मार्टफोनमा उपलब्ध हुनेछ । यो नयाँ अपडेट कुन–कुन स्मार्टफोनमा उपलब्ध हुनेछ भन्ने विषय यतिबेला सबैको लागि चासोको विषय रहेको छ ।
सो सूचीअनुसार पहिलो चरणमा यी स्मार्टफोनमा एन्ड्रोइड १२ र मियूआई १३ उपलब्ध हुने अनुमान गरिएकाे छ ।
१. साओमी मि ११ सिरिज
२. साओमी मि १० सिरिज
३. साओमी मि मिक्स फाेल्ड
४. रेड्मी के ४० सिरिज
५. रेड्मी के ३० सिरिज
६. रेड्मी के २० सिरिज
७. रेड्मी नोट १० सिरिज
८. रेड्मी नोट ९ सिरिज
९. रेड्मी नोट ८ सिरिज
१०. रेड्मी ९ लाइन
११. रेड्मी १० एक्स सिरिज

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
