close

स्मार्टफोनलाई अब वाकिटकी बनाउन सकिने

टेकपाना टेकपाना

साउन ४, २०७८ २१:४

स्मार्टफोनलाई अब वाकिटकी बनाउन सकिने

काठमाडाैं । माइक्रोसफ्टले आईफोनका लागि टिम्स वाकिटकी एप सार्वजनिक गरेको छ । अग्रभागमा रहेर काम गर्ने कर्मचारी अर्थात् फ्रन्टलाइन वर्करहरुलाई लक्षित गरी याे एप ल्याइएकाे हाे ।

एपबाट फ्रन्टलाइन वर्करबीच सञ्चार गर्न सहयोग पुग्ने विश्वास कम्पनीकाे छ । एन्ड्रोइडका लागि गत वर्ष नै टिम्स वाकिटकी एप उपलब्ध गराइएको थियो । गत वर्ष सामसङ ग्यालेक्सी एक्स कभर प्रो डिभाइसका प्रयाेगकर्ताले याे एप चलाउन पाएका थिए ।

यो एपले फ्रन्टलाइन वर्करका लागि पुश-टु-टक अर्थात् पीटीटी सर्भिस प्रदान गर्छ, जसमार्फत् सहभागीहरु एकै समयमा कुराकानी गर्न सक्छन् । माइक्रोसफ्टले बल्की डेडिकेटेड पीटीटी रेडियोको विकल्पमा यो एप प्रयोग गर्न सकिने बताएकाे छ ।

बजारका वाकिटकी जस्तै माइक्रोसफ्टको वाकिटकी एपमा पनि माइक्रोफोन बटन रहेको छ, जसलाई प्रेस र होल्ड गरी प्रयोगकर्ताले बोल्न सक्छन् । र, बटन रिलिज गरेसँगै लक्षित प्रयोगकर्ताले तपाईंको बोली सुन्न सक्छन् ।

walkie-talkie.gif

कम्पनीले यसबाट प्रस्टु, तुरून्तै र र सुरक्षित भ्वाइस कम्युनिकेशनको अनुभव लिन सकिने कम्पनीले जनाएको छ । आईओएस र एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटलाई वाकिटकीमा टर्न गर्न यो एप उपयोगी हुने विश्वास कम्पनीको छ ।

एप प्रयोग गर्दा फ्रिक्वेन्सीको कुनै चिन्ता लिनु नपर्ने र वाईफाई वा सेलुलर नेटवर्कको मद्दतले सजिलै संसारका सबै ठाउँमा सञ्चार गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५