close

यी ठाउँमा उपलब्ध छ डिशहोमको इन्टरनेट सेवा

टेकपाना टेकपाना

साउन ५, २०७८ १४:५१

यी ठाउँमा उपलब्ध छ डिशहोमको इन्टरनेट सेवा

काठमाडौं । डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरेको छ । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले हाल मुख्य सहरहरूमा फाइबर नेट विस्तार गरिरहेको छ ।

कम्पनीले डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गाे एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा उपलब्ध गराइरहेकाे जानकारी दिएकाे छ ।

हालै कम्पनीले पूर्वी नेपालकाे धरानमा पनि इन्टरनेट सेवा विस्तार गरेकाे छ । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

चाँडै नै पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपुर, विरगञ्जलगायतका सहरमा सेवा विस्तार गर्ने कम्पनीकाे याेजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५