काठमाडौं । ट्वीटरले अब कुनै ट्वीटमा आएका रिप्लाईमा भोट गर्न सकिने गरी ‘अपभोट’ तथा ‘डाउनभोट’ बटन उपलब्ध गराउने भएको छ । यसको अर्थ ट्वीटमा आएको रिप्लाइ सान्दर्भिक छ वा छैन भनेर भोट गर्न सकिने छ ।
यदि उक्त रिप्लाई ट्वीटसँग सान्दर्भिक भएको खण्डमा अपभोट र असान्दर्भिक भएकाे खण्डमा डाउनभोट गरी भोट गर्न सकिने जनाइएको छ ।
यस फिचरबारे एक ट्वीट गर्दै कम्पनीले जानकारी दिएको हो । कम्पनीका अनुसार हाल यो फिचर आईओएसका सीमित प्रयोगकर्तामाझ परीक्षण गरिएको छ ।
परीक्षणपश्चात प्रयोगकर्ताबाट आएको प्रतिक्रियाका आधारमा यो फिचर पहिलो चरणमा आईओएसका सम्पूर्ण प्रयोगकर्तालाई उपलब्ध हुने अनुमान गरिएकाे छ ।
Some of you on iOS may see different options to up or down vote on replies. We're testing this to understand the types of replies you find relevant in a convo, so we can work on ways to show more of them.