काठमाडौं । इन्टरनेट पूर्वाधार कम्पनी अकामाईको सिस्टममा समस्या आउँदा विश्वका चर्चित वेबसाइट र अनलाइन सर्भिस डाउन भएका छन् । अकामाईको सिस्टम डाउन हुँदा गेमिङ साइटदेखि स्ट्रिमिङ सर्भिस र अनलाइन स्टोरले एक घण्टाभन्दा बढी समस्या भाेगेका थिए ।
यसअन्तर्गत हाेम डिपाेट, डेल्टा, प्ले स्टेसन नेटवर्क, स्टिम, फिडेलिटी इन्भेस्टमेन्ट, एयर बीएनबी, फेडएक्स, लास्टपास, यूपीएस, अमेजन लगायतका चर्चित वेबसाइट विश्वव्यापी रूपमा डाउन भएकाे डाउनडिटेक्टरले जनाएकाे छ ।
अकामाईको डाेमेन नेम सर्भिस (डीएनएस) मा अचानक समस्या देखिँदा यी वेबसाइट डाउन भएकाे जनाइएकाे छ । अकामाईले डीएनएसमा देखिएकाे याे इस्यु फिक्स भइसकेकाे जानकारी दिँदै सबै वेबसाइट र अनलाइन सर्भिस निर्बाध रूपले चलिरहेकाे बताएकाे छ ।
साथै उसले याे घटना साइबर आक्रमणको नतिजा नभएकाे भन्दै सबैलाई आश्वस्त पारेको छ ।
गत महिना अमेरिकी क्लाउड कम्प्युटिङ सेवाप्रदायक फास्टलीकाे सिस्टममा समस्या आउँदा पनि विश्वका धेरैजसो ठूला वेबसाइट डाउन भएका थिए ।
The disruption lasted up to an hour. Upon rolling back the software configuration update, the services resumed normal operations. Akamai can confirm this was not a cyberattack against Akamai’s platform. (2/3)
At 15:46 UTC today, a software configuration update triggered a bug in the DNS system, the system that directs browsers to websites. This caused a disruption impacting availability of some customer websites. (1/3)