काठमाडौं । एप्पलले आईप्याडको १४.७ अपरेटिङ सिस्टमको अपडेट गर्न ढिलाइ गर्दा आईओएस र आईप्याड ओएस १४.७ को सुरक्षासम्बन्धी समग्रीहरू प्रकाशन गर्न पनि ढिलाइ भइरहेको थियो ।
हालै मात्र एप्पलले वाईफाईमा भएको बगको समस्या समाधान गरिसकेको कुरा हामी सबैलाई थाहा नै छ । तर योसँगै यो पटक एप्पलले दुई दर्जनभन्दा बढी बग समाधान गरेको छ ।
कम्पनीले वेबपेजमा भएका चारवटा, केही एपहरूमा भएका करिब सातवटा समस्या लगायत दुई दर्जनभन्दा बढी समस्याकाे समाधान गरेको छ । त्यस्तै ‘फाइन्ड माइ बग’ मा भएको बग पनि समाधान गरिएको छ, जसले तपाईंको डेटाको एक्सेस दिन सक्थ्यो ।
यसर्थ एप्पलले तुलनात्मक रुपमा विभिन्न डिभाइसमा भएका धेरै बगहरू समाधान गरेको छ ।
यो बग सामाधान र नयाँ अपडेटसँगै म्याग सेफ ब्याट्रीले आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्सलाई सपोर्ट गर्नेछ ।
त्यस्तै एप्पल कार्ड फेमिलीमा पहिले नै भएको एप्पल कार्ड प्रयोगकर्ताको अकाउन्टमा अर्को पनि अकाउन्ट थपेर कम्बाइन क्रेडिट लिमिट सुविधा प्रयोग गर्न सकिनेछ ।
होम एपमार्फत होमपोडमा टाइमर सेट गर्न मिल्ने बनाइएको छ भने क्यानडा, फ्रान्स, इटाली, नेदरल्यान्ड, दक्षिण कोरिया र स्पेनमा प्रयोग हुने एप्पलको डिभाइसमा एयर क्वालिटीसम्बन्धी विवरण पाउन सकिन्छ ।
पोडकास्ट लाइब्रेरीमा अब तपाईंले सबै कार्यक्रम हेर्ने अथवा आफूले फलो गरेका कार्यक्रमहरू मात्र हेर्ने भनेर छनौट गर्न सक्नुहुनेछ । यद्यपि एप्पल म्युजिकमा भएको शेयर प्लेलिस्ट मेनु भने हटाइएको छ ।
यसलगायत अन्य धेरै सुविधामा पनि नयाँ अपडेट आएको छ ।