close

साथीलाई वर्ल्डलिंकको इन्टरनेट रिफर गर्दा छुट पाइने

टेकपाना टेकपाना

साउन ११, २०७८ १४:१९

साथीलाई वर्ल्डलिंकको इन्टरनेट रिफर गर्दा छुट पाइने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले रिफर अफर सञ्चालन गरेकाे छ । यसअन्तर्गत कम्पनीको इन्टरनेट जडान गर्न अन्य साथी र परिवारलाई सिफारिस गर्दा आकर्षक अफर प्राप्त गर्न सकिने बताइएको छ ।

कम्पनीका अनुसार एक वर्षका लागि इन्टरनेट रिफर गर्ने व्यक्तिले एक महिनाको इन्टरनेट र नेटटिभी प्राइम निःशुल्क प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत २ सयभन्दा बढी टिभी च्यानल, ६ सयभन्दा बढी मुभी र वेब सिरिज हेर्न सकिन्छ ।

त्यस्तै ३ महिनाका लागि इन्टरनेट रिफर गर्दा १५ दिनकाे इन्टरनेट र एक महिनाकाे नेटटिभी प्राइम निःशुल्क पाइनेछ । त्यस्तै एक महिनाकाे इन्टरनेट रिफर गर्दा एक महिनाकै नेटटिभी प्राइम निःशुल्क पाइने छ ।

वर्डलिंकको माेबाइल एप र वेबसाइटका साथै फोन कल वा नजिकको शाखा कार्यालयमा गएर आफ्नो साथीका लागि इन्टरनेट रिफर गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१