close

आईफोन १२ को बिक्री बढेसँगै तीन महिनामा एप्पलले कमायो ४७ खर्ब

टेकपाना टेकपाना

साउन १४, २०७८ २१:४५

आईफोन १२ को बिक्री बढेसँगै तीन महिनामा एप्पलले कमायो ४७ खर्ब

काठमाडौं । एप्पलले सन् २०२१ को दोस्रो त्रैमासमा किर्तिमानी आम्दानी गरेको छ । याे अवधिमा कम्पनीले ३९.६ अर्ब डलर (४७ खर्ब रूपैयाँभन्दा बढी) आम्दानी गर्न सफल भएकाे हाे, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढी हो ।

यो रुपमा कम्पनीले सफलता हात पार्नुको पछाडि आईफोन १२ सिरिजका स्मार्टफोन रहेकाे बताइएकाे छ । विश्वव्यापी रुपमा आईफोन १२ सिरिजका स्मार्टफोनको बिक्री बढेसँगै कम्पनीको आम्दानीसमेत उल्लेख्य वृद्धि भएको कम्पनीका सीएफओ लुका माइस्ट्रले उल्लेख गरेका छन् ।

‘आईफोन १२ मात्रै नभएर अन्य प्रडक्टमा समेत दोहोरो अंकको वृद्धि भएको छ,’ उनले भने, ‘बल्ल फाइभजीको प्रारम्भिक चरण सुरु भएको छ । यही समयमा फाइभजी फोनमा प्रयोगकर्ताले देखाएको उत्साहले अझ बढी कम्पनीलाई उत्साहित बनाएको छ ।

उनले म्याकका लागि आवश्यक चिपको आपूर्तिमा आएको कमीका बाबजुद पनि म्याकले दोस्रो त्रैमासिकमा ८.२ अर्ब डलर आम्दानी गर्न सफल भएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत बढी हो । म्याकको हिसाबले यो पनि किर्तिमानी कारोबार भएको उल्लेख गरिएको छ ।

कम्पनीका सीईओ टिम कुकले आईफोन १२ मा प्रयोग भएको सुपरफास्ट फाइभजी, बायोनिक चिप, एडोब भिजन क्यामेरा लगायतका प्रविधिलाई मन पराएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१