काठमाडौं । लिंक्डइनले आफ्ना सबै कर्मचारीलाई पूर्णरुपमा घरबाटै काम गर्न सक्ने सुविधा दिएको छ । कर्मचारीले आफूलाई सहज हुनेगरी घरबाटै अथवा कार्यालयमा उपस्थित भएर काम गर्न सक्ने व्यवस्था कम्पनीले गरेको हो ।
कोरोना महामारीको त्रास अझै पनि कायम रहेको अवस्थामा कम्पनीले यस्तो निर्णय लिएको हो । यो नयाँ नीति माइक्रोसफ्ट कर्पको गत वर्ष अक्टोबरमा आएको भन्दा फरक छ । यसअघि लिंक्डइनले कोरोना महामारीको प्रतिबन्ध हटेपछि ५० प्रतिशत कर्मचारीले कार्यालयमा उपस्थित भएर काम अनुमान गरेको थियो ।
तर, अवस्था त्यस्तो नभएसँगै कम्पनीले नीति नै परिवर्तन गरेर कर्मचारी जहाँ छन्, त्यहीँबाट काम गर्नसक्ने सुविधा दिएको हो । यसले लिंक्डइनका विश्वभर रहेका १६ हजारभन्दा बढी कर्मचारी पूर्णरुपमा वा पार्ट टाइम रुपमा घरबाटै अथवा कार्यकालमा उपस्थित भएर काम गर्न सक्ने छन् ।
‘कोरोना महामारीअघिको तुलनामा त्योभन्दा बढी कर्मचारी घरबाटै कम गर्नसक्ने अनुमान गरेका छौं,’ कम्पनीका चिफ पिपुल अफिसर ट्युला हेन्सनले भने, ‘तर, केही कर्मचारीको हकमा भने कार्यालयकाे विकल्प हुने छैन ।’