काठमाडौं । बिहीवार ह्वावेले आफ्नो फ्ल्यागशिप स्मार्टफोन पी५० सार्वजनिक गर्यो । एन्ड्रोइडसहित गुगलका प्रडक्टमा लागेको प्रतिबन्धका कारण कम्पनीले पहिलो पटक आफ्नै हार्मोनी ओएसमा उक्त फोन सार्वजनिक गरेको छ ।
नयाँ प्रडक्ट सार्वजनिक गर्न आयोजना भएको उक्त कार्यक्रममा कम्पनीले पुराना स्मार्टफोनका लागि पनि नयाँ अफर अघि सारेको छ । कम्पनीले आफ्ना पुराना फोनको इन्टर्नल स्टोरेज बढाउन सकिने सुविधा उपलब्ध गराएको हो ।
तर, त्यसका लागि केही शुल्क भने तिर्नुपर्ने छ । कम्पनीका अनुसार प्रयोगकर्ताले जम्मा ५७ डलर तिरेर आफ्नो मोबाइलको इन्टरनल स्टोरेज बढाउन सक्नेछन् ।
यो कार्यक्रम विशेषगरी मेट ९, मेट १०, मेट २०, मेट ३०, पी१०, पी२० र पी३० सिरिजका फोनमा उपलब्ध हुनेछ ।
जसमा स्मार्टफाेनकाे इन्टर्नल स्टोरेज ६४ जीबी भएमा बढाएर १२८ जीबी बनाउन सकिने छ । त्यस्तै १२८ भएको अवस्थामा २५६ र २५६ जीबी भएको खण्डमा ५१२ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।