close

जानकारी नदिएरै गुगलले तपाईंको मोबाइलबाट म्यासेज पठाइरहेको छ, आखिर किन ?

टेकपाना टेकपाना

मंसिर ३०, २०७६ २०:३७

जानकारी नदिएरै गुगलले तपाईंको मोबाइलबाट म्यासेज पठाइरहेको छ, आखिर किन ?

९टु५गुगलले उल्लेख गरेअनुसार एन्ड्रोइड प्रयोगकर्ताले मोबाइल फोनबाट पछिल्लो केही महिनायता स्वतः म्यासेज गइरहेको रिपोर्ट गरिरहेका छन् । यद्यपी, त्यो त्यति डरलाग्दो थिएन, ता कि ती म्यासेजहरु गुगललाई गएका थिए ।

यसमा सकारात्मक समाचार यो छ कि, ती म्यासेजहरु स्पाम तथा फिसिङ थिएनन् । धेरैजसो स्क्रिनसटहरुको आधारमा त्यस्ता म्यासेजहरुमा छोटो लिंक तथा रेन्डम कोडहरु समावेश भएकाे देखिन्छ । सँगसँगै ‘गुगलले डिभाइसको फोन नम्बर रि–भेरीफाई गरिरहेको छ’ भन्ने उल्लेख समेत गरिएको छ ।

यस्ता म्यासेजहरुको विषयमा मूख्यतयाः भारतमा रहेका एन्ड्रोइड प्रयोगकर्ताले उजुरी टिपाएका छन् । यद्यपी, अमेरिका तथा युरोप लगायतका अन्य देशका प्रयोगकर्ताले समेत यस किसिमको अनुभव गरेको बताइएको छ ।

गुगलको सहायता केन्द्रको एउटा खण्डमा यस किसिमको प्रक्रिया डिजाइन अनुरुप नै भएको स्पष्ट बताइएको छ । जसमा लेखिएको छ, ‘हामी तपाईंकै सुरक्षाका लागि तपाईंको फोन नम्बर अहिले पनि तपाईंसँगै रहेको छ भन्ने कुरा पुनः प्रमाणीकरण (री–भेरीफाई) गरिरहेका छौँ । जब हामी पुनः प्रमाणीत गर्छौँ, तब तपाईंले गुगलबाट टेक्स्ट म्यासेज पाउनुहुनेछ अथवा गुगललाई म्यासेज गएको देख्नुहुनेछ । त्यसमा गुगलले तपाईंको फोन नम्बर भेरिफाई गर्दैछ भन्ने किसिमको जानकारी दिइएको हुनसक्नेछ ।’

किन फोन नम्बर पुनः प्रमाणीकरण गर्ने काम भइरहेको छ भन्ने विषयमा गुगलले अहिलेसम्म खुलस्त पारेको छैन । कम्पनीले टु–स्टेप भेरिफिकेशन (दुई तहको प्रमाणीकरण), भिडियो कल, अकाउण्ट रिकभरी (अकाउण्ट बन्द भएमा त्यसलाई पुनर्जिवित गर्न) र म्यासेज लगायतको विषय भने सामान्य रुपमा उल्लेख गरेको छ ।

त्यसैका लागि गुगलले तपाईंको फोन नम्बर समेत पुनः प्रमाणीत गर्न सक्छ भन्ने कुरा दिमागमा राख्न जरुरी छ । यसबाट चिन्तित वा आत्तिहाल्न जरुरी भने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३