close

६ महिनापछि हातहातमा राष्ट्रिय परिचयपत्र

टेकपाना टेकपाना

साउन १८, २०७८ १७:२३

६ महिनापछि हातहातमा राष्ट्रिय परिचयपत्र

काठमाडौं । सरकारले आगामी ६ महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । फ्रान्सेली कम्पनी आईडीमियालाई कार्ड छपाइकाे ठेक्का प्रदान गर्ने निर्णय भएसँगै ढिलाेमा ६ महिनापछि राष्ट्रिय परिचयपत्र वितरण हुने भएकाे हाे ।

यसअघि राष्ट्रिय परिचयपत्रको पाइलट प्रोजेक्टको जिम्मा पनि आईडीमियालाई नै दिइएको थियो । सो परियोजनाअन्तर्गत एक लाख १७ हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

त्यस्तै हालसम्म २८ जिल्लाका ३० लाख व्यक्तिको विवरण संकलन भइसकेको छ । यसमध्ये १३ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक रुपमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको छ ।

कार्ड डिजाइन, छपाइ र स्वीकृतिका लागि करिब ६ महिनाकाे समय लाग्ने विभागले जनाएकाे छ । यसपछि विभागकाे राष्ट्रिय प्रणालीमा दर्ता भएका व्यक्तिहरुलाई क्रमशः कार्ड वितरण गरिनेछ ।

‘नयाँ कार्डमा क्यूआर कोड फिचर सहित लेआउट र डिजाइन केही अप्टिमाइज हुने विभागका इन्जिनियर ज्ञानेश्वर बोहराले बताए ।

यसैबीच काेभिड १९ महामारीका कारण राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य प्रभावित बनेकाे छ । हाल नवलपरासी पश्चिम, भोजपुर र सुर्खेत गरी तीन जिल्लामा मात्र विवरण संकलन भइरहेकाे विभागले जनाएकाे छ ।

याे पनि पढ्नुहाेस् : राष्ट्रिय परिचयपत्र के हाे र कसरी लाभ लिने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१