close

टाटा नेक्सन ईभी किन्न चाहनेलाई २४ घण्टाभित्र सहुलियत कर्जा

टेकपाना टेकपाना

साउन १९, २०७८ ७:२१

टाटा नेक्सन ईभी किन्न चाहनेलाई २४ घण्टाभित्र सहुलियत कर्जा

काठमाडौं । अब टाटा मोटर्सको विद्युतीय गाडी ‘नेक्सन’ खरिद गर्न चाहनेले एनएमबि बैंक लिमिटेडको नेपालभरीका शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकले नेक्सन ईभीका लागि बेस रेटमा शून्य प्रतिशत प्रिमियमसहित कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङ प्रालिसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौताअनुसार ८ लाख रुपैयाँ डाउन पेमेन्टमै ८० प्रतिशत फाइनान्सिङसहित २४ घण्टाभित्र कर्जा प्रवाह हुने बैंकले बताएको छ ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीति अनुसार ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बैंकले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१