close

रियलमी बन्यो छोटो समयमा १० करोड स्मार्टफोन बिक्री गर्ने ब्राण्ड

टेकपाना टेकपाना

साउन २२, २०७८ ११:५४

रियलमी बन्यो छोटो समयमा १० करोड स्मार्टफोन बिक्री गर्ने ब्राण्ड

काठमाडौं । चिनियाँ ब्राण्ड रियलमी छोटो समयमा १० करोड स्मार्टफोन बिक्री गर्ने कम्पनी बन्न सफल भएको छ । पछिल्ला दुई वर्ष कोरोनाका कारण अर्थतन्त्रमा परेको असरका बाबजुद पनि रियलमी तिव्र रुपमा बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्ड बन्न सफल भएको हो ।

स्ट्राटेजी एनालिटिक्सले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो तीन वर्षमा सबैभन्दा छिटो १० करोड स्मार्टफोन बिक्रि गर्ने ब्राण्डमा रियलमा अघि रहेको छ । त्यतीमात्रै नभएर रियलमी सन् २०२१ को दोस्रो त्रैमासिकमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने स्मार्टफोन ब्राण्ड समेत भएको छ ।

अन्तराष्ट्रिय तथ्यांक निगम (आइडीसी) का अनुसार कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४९ प्रतिशत बजार विस्तार गर्न सफल भएको हो । फाइभजी स्मार्टफोन बजारमा आक्रामक देखिएको रियमलीले सन् २०२१ को दोस्रो त्रैमासिकमा भारतीय स्मार्टफोन बजारमा २२ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

काउन्टरपोइन्टको प्रतिवेदन अनुसार रियलमीले गत वर्षको तुलनामा १४० प्रतिशतले बजार वृद्धि गर्दै भारतमा आफूलाई चौथो ठुलो स्मार्टफोन ब्राण्ड बनाउन सफल भएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१