close

नेपाल चेम्बर अफ कमर्समा सूचना प्रविधि समिति गठन

टेकपाना टेकपाना

साउन २३, २०७८ १५:०

नेपाल चेम्बर अफ कमर्समा सूचना प्रविधि समिति गठन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सूचना प्रविध समिति गठन गरेको छ । रत्नतारा वैद्यकाे सभापतित्वमा गठित समितिको सल्लाहकारमा विनोद ढकाल र दिपेश प्रधान रहेका छन् ।

त्यस्तै सदस्यहरुमा प्रदिप लामिछाने, अकवर हुसेन, सञ्जीवकुमार श्रेष्ठ, सन्तोष राजभण्डारी, मोना न्याच्छों, दिपेश हाडा, राजन कर्माचार्य, हेमन्त वराल र नविन जोशी रहेका छन् ।

शक्रबार एक कार्यक्रमका बीच चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले समितिलाई मनोनयन पत्र हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव हासिल गरेका प्रतिनिधिहरूलाई समेटेर समिति गठन गरिएकोले सूचना प्रविधिको क्षेत्रमा गरिने प्रयासमा यस समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त  गरे । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३