काठमाडौं । के तपाईंले पनि कहिले काहिँ ईमेल पठाइसकेपछि त्यो ईमेलमा केही छुटेको थियो वा केही त्रुटि भएको कारण नपठाएको भए हुन्थ्यो भनेर महसुस गर्नुभएको छ ? कहिले काहिँ मेल गरिसकेपछि नपठाउन पाए हुन्थ्यो भन्ने सोच पक्कै आएको छ हाेला ।
यदि तपाईंले पनि यस्ता धेरै समस्या भोग्नुभएको छ भने जिमेलले तपाईंका लागि मेल अनसेन्ड गर्ने फिचर उपलब्ध गराएको छ । त्यति मात्र होइन, हालै जिमेलले मेल अनसेन्ड गर्ने फिचरमा समयावधि पनि थप गरेको छ ।
योभन्दा अगाडि जिमेलले ईमेल अनसेन्ड गर्न पाँच सेकेन्डको समय दिएको थियो । तर अब भने तपाईंले सो समयावधि बढाउन सक्नुहुन्छ ।
कसरी बढाउने ईमेल अनसेन्ड गर्ने समय ?
जिमेल खोलेर सेटिङमा गएर see all setting मा जानुहाेस्
जेनरल ट्याबमा भएको ‘Undo Send’ मा क्लिक गर्नुहाेस्
त्यहाँ तपाईंले आफ्नो आवश्यकता अनुसार ५ देखि ३० सेकेन्ड सम्मको समय सेट गर्न सक्नुहुनेछ
त्यसपछि स्क्रिनको अन्तिममा गएर Save Changes क्लिक गर्नुहोस् ।
तपाईंले आफ्नो ईमेल सेन्ड गरिसकेपछि स्क्रिनको देब्रेपट्टि सबैभन्दा तल ‘Undo’ भन्ने अप्सन आउँछ । तपाईंले सेट गर्नुभएको समयको आधारमा स्क्रिनमा देखापर्छ । उक्त अप्सनमा क्लिक गरेर आफ्नो मेल अनसेन्ड गर्न सक्नुहुन्छ ।