close

‘युथ मोड’ का कारण विच्याट विरुद्ध चीनमा मुद्दा

टेकपाना टेकपाना

साउन २५, २०७८ १७:६

‘युथ मोड’ का कारण विच्याट विरुद्ध चीनमा मुद्दा

काठमाडौं । चिनियाँ टेक जायन्ट टेन्सेन्टविरुद्ध अदालतमा मुद्दा दर्ता भएकाे छ । टेन्सेन्टकाे उत्पादन विच्याटले उपलब्ध गराउँदै आएको ‘युथ मोड’ लाई लिएर मुद्दा दायर भएकाे हाे ।

विच्याटमा उपलब्ध ‘युथ मोड’ युवा प्रयाेगकर्तालाई मोबाइल पेमेन्टका साथै केही गेममा निषेध गर्छ । यस्तो मोड प्रयोगकर्ताले आवश्यक अनुसार खोल्न र बन्द गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ ।

तर, पनि विच्याटकाे याे माेडले कानून (चाइल्ड प्राेटेक्सन ल) कसरी उल्लंघन गर्याे भन्ने विषयमा साे रिटमा खुलाइएकाे छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार केही दिनअघि चिनियाँ सरकार स्वामित्वको पत्रिकामा अनलाइन गेमसँग सम्बन्धित लेख प्रकाशित भएको थियो । उक्त लेखका कारण नै विच्याट् विरुद्ध मुद्दा दर्ता भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो मुद्दाको विषयमा हालसम्म कम्पनीले भने कुनै जानकारी दिएको छैन ।

केही दिनअघि मात्र कम्पनीले ‘अनर अफ किङ’ नामक गेममाथि प्रतिबन्ध लगाउने घाेषणा गरेकाे थियाे ।

द भर्जबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३