close

टेलिकमको पोल भाडा विवाद : तार र केबुल हटाउन दिएको निर्देशनप्रति आईस्पानको आपत्ति

टेकपाना टेकपाना

साउन २६, २०७८ १३:३५

टेलिकमको पोल भाडा विवाद : तार र केबुल हटाउन दिएको निर्देशनप्रति आईस्पानको आपत्ति

काठमाडौं । नेपाल टेलिकमको पोलको भाडदरको विषय कार्यदलमार्फत टुंग्याउने सहमति भए पनि टेलिकमका शाखा कार्यालयले आईएसपीका तार र केबुल हटाउन लागेको भन्दै इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले आपत्ति जनाएको छ ।

आइतबार टेलिकमलाई पत्र लेख्दै आईस्पानले पोल भाडादरको समस्या समाधान गर्न कार्यदल गठन भइरहँदा टेलिकम शाखा कार्यालयहरूले एकपक्षीय रुपमा केबुल तथा तार हटाउन दिएको निर्देशनप्रति ध्यानकर्षण जनाएको छ ।

पोल भाडादरका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई इन्टरनेट सेवाप्रदायक संघले गत वैशाख २० पत्राचार गरेको व्यहोरा गरेको थियो ।

त्यसपछि वैज्ञानिक रुपमा पोलको भाडादर निकाल्न गत साउन १५ मा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडाकाे संयोजकत्वमा नेपाल टेलिकमका र इन्टरनेट सेवा प्रदायक संघका प्रतिनिधि (एक/एक सदस्य) रहने गरी कार्यदल गठन भएको थियो ।

सो कार्यदललाई पोल भाडादरका विषयमा सम्पूर्ण जिम्मेवारी दिई कार्य समेत आगाडि बढिसकेको उल्लेख गर्दै आईस्पानले यसबारे नेपाल टेलिकमका सम्पूर्ण कार्यालयहरुलाई तत्कालै जानकारी गराइदिन समेत अनुरोध गरेकाे छ ।

‘गठित कार्यदलले निर्णय नगर्दासम्म नेपाल टेलिकमबाट पोल भाडादर बारेमा इन्टरनेट सेवा प्रदायकहरुलाई अनावश्यक पत्र काट्ने लगायतका कार्यहरु तत्कालै बन्द गरिदिनुहुनका लागि पनि सादर अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३