close

स्मार्ट टीभी हेर्नुहुन्छ ? ख्याल गर्नुहोस्, टीभीले नै तपाईंलाई हेरिरहेको हुनसक्छ

टेकपाना टेकपाना

पुस १, २०७६ १७:२४

स्मार्ट टीभी हेर्नुहुन्छ ? ख्याल गर्नुहोस्, टीभीले नै तपाईंलाई हेरिरहेको हुनसक्छ

पछिल्लो समय स्मार्ट टीभीको प्रयोग बढ्दै गएको छ । तपाईंले स्मार्ट टीभी हेरिरहँदा टीभीले नै तपाईंलाई पनि हेरिरहेको हुनसक्छ ।

केही नयाँ स्मार्ट टीभीमा पूर्ववत रुपमा क्यामेरा र माइक्रोफोन जडान गरिएको हुन्छ । त्यसैले उत्पादक तथा एप डेभलपरहरुले तपाईलाई सुनिरहेका वा हेरिरहेका हुनसक्छन् ।

यस्तो अवस्थामा टेलिभिजन नै ह्याकर आउने गेट बनिदिनसक्छ । तपाईंको घर ह्याकरका लागि साइबर जस्तै विषय हुन सक्छ । किन भने स्मार्ट टीभी इन्टरनेटसँग जोडिएका हुन्छ । 

त्यसैले टीभी उत्पादकहरुकाे गोपनीयता सम्बन्धि नीति राम्रैसँग पढ्ने गर्नुहोस् र उनीहरुले कस्ता तथ्याङ्क संकलन गर्छन् र त्यस्तो तथ्याङ्क कस्तो कामका लागि प्रयोग गर्छन् भन्ने कुरा सुनिश्चित गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३