close

पानीको पाइपबाट ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने तयारी

टेकपाना टेकपाना

साउन २७, २०७८ १५:२९

पानीको पाइपबाट ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने तयारी

काठमाडौं । बेलायती सरकारले ग्रामीण क्षेत्रका जनतासम्म इन्टरनेटको पहुँच पुर्‍याउन पानीको पाइपबाट फाइबर अप्टिकल केबलहरु पठाएर ब्रोडब्यान्ड नेटवर्क जोड्ने एक नयाँ तरिकाको परीक्षण गरिरहेको छ ।

बनिसकेका सडक लगायतका पूर्वाधारहरू नभत्काई ग्रामीण क्षेत्रमा कसरी ब्रोडब्यान्ड पुर्‍याउन सकिन्छ भन्ने विषयमा बेलायती सरकारले विगत तीन वर्षदेखि काम गरिरहेको छ ।

यो उपायलाई अपनाएर यही हिउँददेखि काम थाल्ने गरी बेलायती सरकारले कन्ट्रयाक्टर छनौट गरेको छ । सन् २०२४ को मार्च महिनासम्म काम सक्ने गरी सरकारले योजना अघि बढएको छ ।

यसका लागि बेलायतीले सरकाले ४० लाख पाउन्ड अर्थात ६५ करोड ८४ लाख रुपैयाँ बजेट तोकेको छ । पानीको पाइपबाट केबल जोडिनुअघि यो कत्तिको सुरक्षित छ वा छैन भन्ने विषयमा बेलायतको ड्रिङ्किङ वाटर इन्स्पेकटोरेटले परीक्षण गर्नेछ ।

कम्पनीको प्रस्तावमा लेखिएअनुसार यो प्रक्रियामा बनिसकेको पूर्वाधारलाई बिगारेर गिगाबाइट क्षमताको ब्रोडब्रान्ड नेटवर्क जोड्न लाग्ने लागतको चारदेखि पाँच गुणाले कम पर्न जान्छ ।

ग्रामीण क्षेत्रमा ब्रोडब्रान्ड जोड्ने बेलामा टेलिकम कम्पनीले सामाना गर्नपर्ने मुख्य चुनौती भनेको नै सडक खन्दा लाग्ने लागत हो । यसको विकल्पमा पानीको पाइप त प्रत्येकको घरमा पुगेको हुँदा त्यसैलाई प्रयोग गरेर इन्टरनेटको सुविधा पनि दिन लागेको सरकारको भनाइ छ ।

यदि यो योजना सफल भएमा अन्य माध्यम जस्तै बिजुली, ग्यास र ढलको पाइपलाइनबाट नेटवर्क जोड्ने परीक्षण गर्ने बेलायती सरकारको योजना रहेको छ ।

ग्रामीण क्षेत्रलाई द्रुत गतिको इन्टनेट पहुँचसँग जोड्ने बेलायती सरकारको प्रोजेक्ट गिगाबाइट योजनाअन्तर्गत यो परीक्षणलाई अगाडि बढाइएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३