काठमाडौं । गुगलले सधैंका लागि वर्क फ्रम होम रोज्ने कर्मचारीको तलब कटौती गर्ने संकेत दिएकाे छ । कोभिड-१९ सँगै गुगलका धेरै कर्मचारी घरबाटै काम गरिरहेका छन् । भने, त्यसमध्ये कतिपयले सधैंका लागि वर्क फ्रम नै रोजेका छन् ।
सधैं वर्क फ्रम होम रोज्ने कर्मचारीको हकमा तलब कटौती हुनसक्ने संकेत कम्पनीले दिएकाे हाे । गुगलले हालैामात्र ‘पे क्यालकुलेटर’ निर्माण गरेको छ । जसले घरबाट काम गर्दा अथवा अफिसमा उपस्थित भएर काम गर्दा पर्ने प्रभावका विषयमा अध्ययन गर्नेछ ।
त्यसका आधारमा सधैं वर्क फ्रम होममा रहेका कर्मचारीको हकमा तलब कटौती हुनसक्ने अनुमान गरिएको छ ।
गुगलले तत्कालै यो नीतिलाई कार्यान्वयनमा ल्याउने/नल्याउने भन्ने विषयमा भने यकिन भएको छैन । किनभने कोभिड-१९ को समयमा घरबाटै काम गर्दा पनि सम्भव छ भन्ने कुरा धेरै कम्पनीहरूले देखाइसकेका छन् ।
अहिले फेरि कोभिड-१९ को डेल्टा भेरियन्ट अमेरिकामा समेत सुरु भएको छ । यस्तोमा कम्पनीले तत्कालै यसलाई लागू नगर्ने आँकलन पनि गरिएको छ ।