काठमाडौं । चर्चित म्यासेजिङ एप ह्वाट्सएपले अब एन्ड्रोइड तथा आईओएसबीच हिस्ट्री ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराउने भएको छ ।
योसँगै यदि प्रयोगकर्ताले एन्ड्रोइडबाट आइओएस तथा आईओएसबाट एन्ड्रोइडमा आफूलाई परिवर्तन गर्न चाहेको खण्डमा ह्वाट्सएपको पुराना म्यासेज समेत सार्न सक्नेछन् ।
जसमा भ्वाइस, फोटो, भिडियो, म्यासेज लगायतका सम्पूर्ण जानकारी समावेश हुने उल्लेख गरिएको छ । यो फिचरको विषयमा लामो समयदेखि चर्चा हुँदै आएको थियो ।
तर, बुधबार साँझ आयोजना भएको सामसङको अनप्याक्ड इभेन्टमार्फत यो विषयमा थप जानकारी बाहिरिएको हो । जसमा आईओएसमार्फत कम्पनीको जेड फोल्ड थ्री र जेड फ्लिपमा ह्वाट्सएको डेटा सारिएको थियो ।
आगामी दिनमा यो फिर सबै फोनमा उपब्ध हुने उल्लेख गरिएको छ । तर, कहिलेदेखी भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।