close

अब टिकटकले किशोरकिशोरीको निन्द्रा नबिगार्ने

टेकपाना टेकपाना

साउन ३१, २०७८ २०:२४

अब टिकटकले किशोरकिशोरीको निन्द्रा नबिगार्ने

काठमाडौं । किशोरकिशोरीहरूको दैनिकीलाई ध्यानमा राख्दै टिकटकले आफ्नो एपमा नयाँ फिचर थप गरेको छ । नयाँ फिचरका कारण १३ वर्षदेखि १५ वर्ष उमेर समूहका प्रयोगकर्ताले राति ९ बजे पछाडि र १६ देखि १७ वर्षसम्मको प्रयोगकर्ताकाले १० बजेपछि पुश नोटिफिकेसन (Push Notification) पाउने छैनन् ।

किशोरकिशोरीहरूले आफ्नो काम, आराम, व्यायाम र निन्द्रामा समय छुट्याउन सजिलो होस् भनेर यस्तो व्यवस्था गरिएको कम्पनीले बताएको छ । आफ्ना प्रयोगकर्ताहरूमा सकारात्मक डिजिटल बानीको विकास गर्नको लागि एपमा नयाँ अपडेट ल्याएको उसले जनाएको छ ।

त्यस्तै टिकटकले १६ देखि १७ वर्ष उमेर समुहका प्रयोगकर्ताको लागि डाइरेक्ट म्यासेजिङ सेवा उपलब्ध गराउन आफ्नो डिफल्ट सेटिङ पनि परिवर्तन गर्दैछ । यो भन्दा अगाडि टिकटकले १६ वर्ष माथिका प्रयोगकर्ताको लागि डाइरेक्ट मेसेजको फिचरमा आफ्नो अप्सन परिवर्तन गर्न मिल्‍ने सेवा दिएको थियो ।

अब भने १६ देखि १७ वर्ष उमेर समूहका प्रयोगकर्ताका लागि डाइरेक्ट म्यासेजमा ‘नो वान’ फिचर डिफल्ट रुपमा राखिनेछ । यसको अर्थ अरुलाई म्यासेज गर्नको लागि प्रयोगकर्ताले पहिले ‘शेयरिङ’ अप्सन परिवर्तन गर्नुपर्ने हुन्छ ।

कम्पनीका अनुसार, अब १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताले पहिलो भिडिओ पोष्ट गर्नुपूर्व उक्त भिडियो कसले हेर्न मिल्छ भनेर पनि छान्न सक्नेछन् । उनीहरूले आफ्नो फलोअरले मात्र हेर्ने मिल्ने, आफ्ना साथीहरूले मात्र हेर्ने मिल्ने वा आफूले मात्र हेर्न मिल्ने भनेर छान्न पनि सक्नेछन् ।

‘नेसनल सोसाइटी फर द प्रिभेन्सन क्रुल्टी टु दि चिल्ड्रेन’ का ‘अनलाइन चाइल्ड सेफ्टी’ प्रमुख एन्डी बुरोजले टिकटकको यो नयाँ प्रावधानलाई स्वागत गर्दै भनेका छन् ‘टिकटकको यो कदमले बालबालिकामाथि हुनसक्ने दुर्व्यवहार घटाउने काममा सहयोग गर्नेछ ।’

यद्यपि केही ठूला कम्पनीहरूले यो विषयमा पहिले नै काम गरिरहेको भएर यो कदम कुनै नौलो भने नभएको उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१