close

स्थानीय तहका कर्मचारीलाई अनलाइन तालिमको अवसर

टेकपाना टेकपाना

भदौ १, २०७८ ८:५८

स्थानीय तहका कर्मचारीलाई अनलाइन तालिमको अवसर

काठाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीका लागि अनलाइन तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सोमबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले आफू महातहका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि तालिम सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

‘स्थानीय तहमा समावेशी र दिगो विकासका लागि क्षमता विकास कार्यक्रम’ विषयमा हुन लागेकाे साे तालिम काेरियाली अन्तर्राष्ट्रिय सहयाेग नियाेग (काेइका) ले दिन लागेकाे हाे ।

इच्छुक कर्मचारीहरुलाई छात्रवृत्तिमा प्रतिस्पर्धाका लागि मनोनयन हुन आवश्यक विवरण खुलाई कार्यरत कार्यालयको सिफारिस र अद्यावधिक व्यक्तिगत विवरणसहित भदौ ११ भित्र जनशक्ति योजना तथा विकास शाखाको कार्यालय वा ईमेल ठेगानामार्फत् पठाउने सकिने छ ।

MOFAGA_Notice_20210817085501

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१