close

सीईएस २०२२ मा सहभागी हुन कोरोना खोप अनिवार्य

टेकपाना टेकपाना

भदौ २, २०७८ १७:३९

सीईएस २०२२ मा सहभागी हुन कोरोना खोप अनिवार्य

काठमाडौं । कन्जुमर टेक्नोलोजी एसोसियनले (सीटीए) आयोजना गर्न लागेको कन्जुमर इलेन्ट्रोनिक्स सो (सीईएस) २०२२ मा कोरोना खोप अनिवार्य गरिएको छ । कार्यक्रम भर्चुअल र भौतिक दुवै माध्यमबाट सञ्चालन हुनेछ । सीईएस २०२२ आउँदो जनवरी ५ देखि जनवरी ८ तारिख सम्म चल्नेछ ।

भौतिक कार्यक्रम भने अमेरिकाको लसभेगसमा हुनेछ । उक्त कार्यक्रममा सहभागी हुन आयोजकले खोपलाई अनिवार्य गरेको हो । आयोजकका अनुसार सबै अवलोकनकर्ता र सहभागी कम्पनीहरूले कोरोना खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्ने र पालना भए नभएको अनुगमन पनि गर्ने गरी कार्यक्रमको तयारी भइरहेको कम्पनीले बताएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोजकले भौतिक कार्यक्रम सुरक्षित रुपमा सम्पन्न गर्नको लागि लासभेगस स्थित सरोकारवालाहरूसँग थप छलफल भइरहेको बताएका छन् । खोप लगाउन नचाहने अथवा खोपको पहुँचमा नभएर लगाउन नपाएका सहभागीहरूको हकमा भने एन्टिबडि टेस्ट पोजिटिभ भएको प्रमाण दिनुपर्ने आयोजकले जनाएको छ ।

यद्यपि कार्यक्रमको सञ्चालन कसरी हुनेछ भन्ने विषयमा भने थप विवरणहरू आउन बाँकी नै रहेको छ । कार्यक्रममा अमेजन, एएमडी, एटी एण्ड टी, डेल, गुगल, हुन्डाई, आईबीएम, इन्टेल, लेनोभो, एलजी, पानासोनिक, क्वालकम, समासङ र सोनी लगायत कम्पनी सहभागी हुनेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१