काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड ( एनसीएचएल) को ईसीसी र आईपीएस प्रणालीको सेवा दुई दिनसम्म अवरुद्ध हुने भएको छ । एक सूचना जारी गर्दै एनसीएचएलले डेटा सेन्टर अपग्रेड एवं माइग्रेसन गनुपर्ने भएकाले आज साँझ ५ बजेदेखि पर्सी दिउँसो ३ बजेसम्म सेवा बन्द गर्न लागेको हो ।
‘यसबाट बैंक, वित्तीय संस्था, अन्य सदस्य एवं ग्राहकलाई पर्न जाने असुविधाका लागि क्षमा याचना गर्दछौं,’, सूचनामा भनिएको छ । एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तीय संस्था, सदस्य भुक्तानी सेवाप्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरु यस कम्पनीले सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
