काठमाडौं । प्रविधिले मानव जीवनका सबै पक्षलाई सुधार गरेको छ । सामान्यदेखि ठूला जटिल कामका लागि प्रविधि अपरिहार्य भइसकेको छ । एक दशकअघिको तुलनामा आजको संसार विल्कुल फरक छ ।
अग्मेन्टेड रियालिटी, ब्लकचेन, थ्रीडी प्रिन्टिङ र आर्टिफिसियल इन्टेलिजेन्स लगायत धेरै क्षेत्रमा ठूला-ठूला सफलता हात लागेका छन् । प्रविधिलाई लिएर वृहत् योजनामा काम गरिरहेका देशबारे यहाँ उल्लेख गरिएको छ ।
यी देशमा सञ्चालित नीति र कम्पनीहरूको आधारमा अमेरिकाको आर्थिक वेबसाइट 'इन्साइडर मंकी' ले यो सूची तयार पारेको हो ।
२५. लक्जम्बर्ग
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ३०
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १९
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २,२१९
डिजिटल कनेक्टिभिटीको हिसाबले युरोपेली देशहरूको सूचीमा लक्जम्बर्ग शीर्ष स्थानमा पर्छ ।
२४. स्पेन
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २८
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २९
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ५,३८०
पछिल्लो एक दशकमा स्पेनले प्रविधिको क्षेत्रमा ठूला-ठूला स्थानहरू हात पारेको छ । साथै देशले यो अवधिमा प्रविधि पार्कदेखि लिएर ठूला विश्वविद्यालय, केन्द्रहरू निर्माण गरेको छ ।
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २८
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २३,१४६
इटाली सरकारले प्रविधि क्षेत्रमा लगानी गर्न तथा प्रविधिको क्षेत्रमा थप रोजगारी सिर्जना गर्न छुट्टै प्रविधि कोष खडा गरेर काम गरिरहेको छ ।
२२. आयरल्यान्ड
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २४
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २३
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २,२१९
पछिल्लो समयमा आयरल्यान्ड विश्वका ठूला-ठूला टेक कम्पनीहरूको मुख्य कार्यालय खोल्ने स्थान भएको छ । आयरल्यान्डले आफ्नो देशको करसम्बन्धी नियमहरू परिवर्तन गरेसँगै धेरै कम्पनीलाई आफ्नो मुख्यालय आयरल्याण्डमा सार्न आकर्षित गरेको छ । यसले देशको अर्थतन्त्रलाई ठूलो बढावा दिएको छ भने विदेशी लगानीलाई पनि प्रोत्साहन गरेको छ।
२१. बेल्जियम
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २३
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २६
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ८,१७७
बेल्जियमको पछिल्लो सम्झन लायक कार्य भनेको यो देशले स्मार्ट ग्रिड टेक्नोलोजी र इनर्जी इफिसियन्सि लगायतका विषयहरूलाई लिएर अगाडि बढिहरहेको छ ।
२०. नर्वे
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १२
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २२
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ४,०२४
नर्वेको ठूलो आम्दानीको स्रोत भनेको तेलखानी हो । तर तेलबाट भएको आम्दानीलाई देशले भने प्रविधिको क्षेत्रमा लगानी गरिरहेको छ ।
१९. अष्ट्रेलिया
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १४
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: २५
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ६,३५४
अष्ट्रेलियाली सरकारले साढे तीन अर्ब डलर भन्दा बढी रकम सन् २०२० देखि २०२१ को बीचमा लगानी गरेको छ ।
१८. हङकङ
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ९
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १४
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २,०३०
हङकङलाई प्राविधिक विकासका लागि विश्वव्यापी 'टेकहब'को रुपमा लिइन्छ । हङकङले फिन्टेकको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको छ।
१७. अष्ट्रिया
वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १८
संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १७
सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ८७४७
अस्ट्रियाको व्यापारिक निकाय मेटल टेक्नोलोजीका अनुसार, अस्ट्रियाको १२०० कम्पनीहरूप्रविधि र मेसिनरीमा काम गर्नेहरू छन् ।
१६. इजरायल
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १५
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १६
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ९,०३२
विश्वका ५०० ठूला टेक कम्पनीहरूले मध्ये ६० ओटा कम्पनी इजरायलको छ । पछिल्ला केही वर्षहरूमा प्रविधिको लाग नयाँ हबको रुपमा इजरायल पनि विकसित भइरहेको छ ।
१५. जापान
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २९
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १३
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २७८,११७
प्रविधि भन्ने बित्तिकै धेरैजनाको मुखमा जापान आइहाल्छ । जापानले प्रविधिको हरेक क्षेत्रमा हात हालेको छ । आर्टिफिसियल इन्टेलिजेन्सदेखि रोबोटिक्स लगायतका हरेक क्षेत्रमा जापानले नयाँ आविष्कार गरेको छ ।
१४. क्यानडा
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १०
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १५
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: १३,६१०
विश्वका केही ठूला टेकहबमध्ये क्यानडा पनि एक हो । यो देश विश्वका ठूला प्रविधि कम्पनीहरूबाट विदेशी लगानी आकर्षित गर्न सफल भएको छ । साथै प्रविधिमा काम गर्न दक्ष जनशक्तिका लागि क्यानडामा राम्रो अवसर दिन त्यहाँकाे सरकारले अध्यागमन नीतिलाई पनि सहज बनाएको छ।
१३. फ्रान्स
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २२
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १२
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ४९,११५
फ्रान्स युरोपको सबैभन्दा ठूला अर्थतन्त्र भएका देशमध्ये एक हो । फ्रान्सले प्रविधिको क्षेत्रमा केन्द्रित भएर ठूलो-ठूलो सफलता हात पारेको छ । यो देशले भेन्चर क्यापिटल फन्डदेखि स्टार्टअप कम्पनीहरूमा लगानी गरेको छ ।
१२. सिंगापुर
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ४
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ७
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ४,०३२
छोटो समयमा धेरै प्रगति गर्ने देशको रुपमा सिंगापुरलाई चिनिन्छ । यो देश अहिले विश्वका ठूला टेक कम्पनीका लागि डिजिटल हबको रुपमा विकास भइरहेको छ । ठूला कम्पनी तथा बैंकहरूले आफ्नो कार्यालयहरू सिंगापुरमा खोल्न थालेका छन् ।
११. फिनल्यान्ड
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ७
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ९
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ७,५७५
५५ लाखमात्र जनसंख्या भएको यो देश प्रविधिमा भने निकै अगाडि छ । यो देशले प्रविधिको क्षेत्रमा नयाँ सुरुवातहरूको लागि धेरै योगदान पनि दिएको छ । मुटुको धड्कन निगरानी गर्ने पहिलो उपकरण निर्माणदेखि लिएर नोकिया फोन, फाइभजीको सुरुवात लगायतका प्रविधिका ठूला सुरुवातहरू यही देशबाट भएको हाे ।
१०. डेनमार्क
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १०
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ६,९३५
युरोपेली क्षेत्रमा डिजिटल विकास अत्यधिक रुपमा गरेको देश हो, डेनमार्क । यो देशको अर्थतन्त्रमा आईटी क्षेत्रको योगदान धेरै रहेको छ ।
९. जर्मनी
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १९
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ८
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ९७,३१४
जर्मनीमा विज्ञान र प्रविधिको लामो र प्रख्यात इतिहास छ । अनुसन्धान र आविष्कारका प्रयासहरू नै देशको अर्थतन्त्रको अभिन्न अंग हो । जर्मनी विभिन्न वैज्ञानिक विषयहरू, विशेषगरी भौतिक विज्ञान, गणित, रसायन विज्ञान र इन्जिनियरिङका केही प्रमुख अनुसन्धानकर्ताहरूको घरको रुपमा चिनिन्छ ।
८. बेलायत
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १६
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ४
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २९,०४६
बेलायत १२२ युनिकर्न कम्पनीहरूको घर हो भने थप २०० भन्दा बढी कम्पनीहरू युनिकर्न बन्ने लाइनमा छन् । यहाँ अर्बौँ डलरको प्राविधिक कम्पनीहरू छन् । बेलायतमा आईटी क्षेत्रमा काम गर्ने जनशक्तिको ठूलो माग छ । सन् २०२२ मा मात्रै देशभर करिब ८५ लाख जनाको लागि आईटी क्षेत्रमा रोजगारी खुलेको थियो ।
७. ताइवान
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ११
संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ११
सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ५९,४७६
ताइवान नवप्रवर्तन कामका लागि उत्कृष्ट देशको रुपमा स्थापित छ । नवप्रवर्तनमा विदेशी लगानी भित्र्याउन देशले लचक नीति बनाएको छ । यहाँ आईसीटी उद्योगको लागी नीति नियमदेखि लिएर लगानीमा पनि सरकारले धेरै योगदान गरेको छ ।
६. चीन
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: १७
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ११
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: ६३९,३०९
विश्वकै ठूलो अर्थतन्त्र भएको देशमध्येको एक चीनले प्रविधिको क्षेत्रमा आफ्नो छुट्टै पाइला बनाउँदै गइरहेको छ । एआईदेखि अन्तरिक्षसम्म विज्ञान तथा प्रविधिको हरेक क्षेत्रमा चीन अगाडि बढिरहेको छ ।
चीनले प्राविधिक विकासलाई आफ्नो अर्थतन्त्रको प्रमुख हिस्सा बनाएको छ । विश्वव्यापी टेकहब बन्ने लक्ष्य राख्दै नवीकरणीय ऊर्जा र फाइभजी नेटवर्कको सञ्चालन र सिक्सजी नेटवर्कको परीक्षणमा चीन पहिलाे पहिलो देश बन्ने होडमा छ ।
५. नेदरल्यान्ड्स
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ६
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ५
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २०,२३६
नेदरल्यान्ड्स केन्द्रित भएको सूचना प्रविधिको क्षेत्रहरूमध्ये एक हो विद्युतीय चार्जिङ प्वाइन्टहरू । विद्युतीय सवारीको उत्पादन र माग बढ्दै गइरहेको अवस्थामा यसलाई आवश्यक चार्जिङ स्टेसनहरूको लागि देशले धेरै काम गरिरहेको छ । यो देशले २०२२ सुरुवातमा, सिन्थेटिक इन्धनबाट सञ्चालित पहिलो व्यावसायिक उडान समेत गरेको थियो ।
४. स्वीडेन
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ३
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ३
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: १८,३९२
युरोपेली संघको सबैभन्दा विकसित डिजिटल अर्थतन्त्र भएको र प्राविधिक रूपमा उन्नत देश भनेर स्वीडेन चिनिन्छ । पछिल्लो समयमा आईटीसम्बन्धी सीप भएका जनशक्ति उत्पादनमा यो देशले ठूलो लगानी गरिरहेको छ ।
३. दक्षिण कोरिया
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ८
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: ६
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: १५८,४९५
सन् १९६० को दशकमा एक अल्पविकसित अर्थतन्त्रबाट २१औं शताब्दीको विश्वकै शक्तिशालीमध्येको एक देश बनेकाे छ, दक्षिण काेरिया । याे देशले प्रविधि क्षेत्रमा उच्च लगानी गरेकाे छ भने विश्वबजारमा एसियाली देशकाे उदाहरणीय प्रतिनिधित्व गरिरहेकाे छ ।
२. स्विजरल्यान्ड
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: ५
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २६,७५६
स्विजरल्यान्डले स्वास्थ्यमा प्रविधि, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र आधुनिक उत्पादन प्रणाली विकास लगायतका क्षेत्रहरूमा ठूलो फड्को मारिरहेको छ । योसँगै देशको विभिन्न नवीन प्रविधि उद्योगहरूमा पनि ठूलो मात्रामा संलग्नता रहेको छ।
स्विजरल्यान्डलाई ब्लकचेन कम्पनीहरूको लागि आकर्षक हबको रुपमा पनि हेरिन्छ ।
१. संयुक्त राज्य अमेरिका
-वर्ल्ड डिजिटल कम्पिटेटिभनेस रिपोर्ट सूचीमा स्थान: २
-संसारमा धेरै नवप्रवर्तन भएको देशको सूचीमा स्थान: १
-सन् २०२१ मा स्वीकृत भएका प्याटेन्टको संख्या: २
प्रविधिको विकास, अवसर, अध्ययन/अनुसन्धान देखि लिएर हरेक क्षेत्रमा यो देश सबैभन्दा अगाडि छ । विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकाको विश्वको प्रविधि क्षेत्रमा ३१ प्रतिशत हिस्सा छ ।