close

ह्वाट्सएपमा मेसेज पठाउनु अघि यसरी गर्न सकिन्छ 'ट्रान्सलेट'

टेकपाना टेकपाना

माघ १५, २०७९ १७:२

ह्वाट्सएपमा मेसेज पठाउनु अघि यसरी गर्न सकिन्छ 'ट्रान्सलेट'

काठमाडौं । इन्सटेन्ट मेसेजिङ एप ह्वाट्सएपका अर्बाैँ प्रयोगकर्ता छन् । यस्तोमा ह्वाट्सएपमार्फत तपाईँसँग जोडिनेको सङ्ख्या पनि उल्लेख्य हुनसक्छ ।

तपाईँसँग जोडिएका साथीहरू मध्ये कतिपय फरक भाषमा बोल्नेहरू पनि हुनसक्छन् । यस्तोमा उनीहरूसँग कुराकानी गर्न असहज हुन्छ ।

यसका लागि ह्वाट्सएपले भने प्रयोगकर्तालाई ट्रान्सलेसनको सुविधा उपलब्ध गराएको छ । ह्वाट्सएमै उपलब्ध अर्थात् बिल्ट–इन ट्रान्सलेसन फिचरले तपाईँलाई फरक भाषमा आएको म्यासेज बुझ्नका लागि मद्दत पुर्‍याउँछ ।

आज यहाँ हामी तपाईँहरूलाई यो फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा बताउँदै छौँ ।

  • यो फिचर प्रयोग गर्न सबैभन्दा पहिलो कुरा तपाईँसँग ह्वाट्सएपको नयाँ भर्सन आवश्यक पर्छ ।
  • त्यसका लागि सुरुमा ह्वाट्सएप खोलेर नयाँ मेसेज लेख्नुहोस् ।
  • अब तपाईँले लेखेको उक्त मेसेजमा क्लिक गर्नुहोस् ।
  • मेसेजमा क्लिक गरिरहँदा त्यहाँ विभिन्न विकल्पहरू खुल्छन् ।
  • उपलब्ध विकल्प मध्ये ‘मोर’ मा क्लिक गर्नुहोस् र त्यसमा रहेको ‘ट्रान्सलेसन’ मा थिच्नुहोस् ।
  • ट्रान्सलेसनमा क्लिक गरेसँगै त्यहाँ नयाँ विन्डोज खुल्छ । जहाँ ट्रान्सलेटेड मेसेज देखिन्छ ।
  • यदि मेसेज तपाईँले चाहेको भाषामा रूपान्तरण नभएको खण्डमा त्यहाँ भाषा छनौट गरेर परिवर्तन समेत गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ १५, २०७९ १७:४६