close

सडक स्तरोन्नतीको कामले फाइबरमा क्षति पुग्दा नेपाल टेलिकमको सेवा प्रभावित

टेकपाना टेकपाना

माघ २१, २०७९ १९:४६

सडक स्तरोन्नतीको कामले फाइबरमा क्षति पुग्दा नेपाल टेलिकमको सेवा प्रभावित

काठमाडौँ । धौलागिरीका चार जिल्लामा नेपाल टेलिकमको सेवा आज दिउँसोदेखि प्रभावित भएको छ । 

मध्य पहाडी लोकमार्गको पोखरा बागलुङ सडक स्तरोन्नती गर्ने क्रममा पोखराको याम्दीमा स्काभेटरले नेपाल टेलिकमको फाइबर तारमा क्षति पुर्याउँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा आज दिउँसोदेखि मोबाइल सेवामा समस्या आएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनिएर केशव शर्माले जानकारी दिए । 

फाइबर चुडिएपछि दिउँसो देखी टेलिकमको मोबाइल नेटवर्कमा फोन नलाग्ने, फोन लागि हाले आवाज नबुझिने, फोन काटिने, मोबाइल डेटा मार्फत इन्टरनेट नचल्ने लगायतका समस्या भएको कार्यालय प्रमुख शर्माले बताए ।

हाल फाइबर मर्मतको लागि प्राविधिक टोली खटाएर समस्या समाधानको काम भइरहेको उनले बताए ।

- थम्मन थापा, बागलुङ 

पछिल्लो अध्यावधिक: माघ २१, २०७९ १९:५८