close

१२ हजारमै नेपाल टेलिकमको २० एमबीपीएस इन्टरनेट सहित टेलिफोन र आईपीटिभी

टेकपाना टेकपाना

माघ २२, २०७९ ११:२४

१२ हजारमै नेपाल टेलिकमको २० एमबीपीएस इन्टरनेट सहित टेलिफोन र आईपीटिभी

काठमाडौं । नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसरमा फाइबर इन्टरनेट ग्राहकका लागि विशेष अफर सञ्चालनमा ल्याएको छ । 

नयाँ ग्राहकलाई लक्षित गर्दै कम्पनीले इन्टरनेट, टीभी र टेलिफोन सहितको अफर सञ्चालनमा ल्याएको हो । यो अफर अन्तर्गत ग्राहकले १२ हजार रुपैयाँमा २० एमबीपीएस गतिको इन्टरनेट सहित एक वर्षका लागि टेलिफोन सेवा र एक टिभी प्रयोग गर्न पाउनेछन् । 

यो अफर नयाँ सेवा जडान गर्ने ग्राहकको हकमा मात्रै लागू हुनेछ । आजबाट सुरु भएर फागुन ७ गतेसम्म मात्रै यो योजना लागू हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ ११:३१