close

नम्बर सेभ नगरी ह्वाट्सएपमा कसरी पठाउने मेसेज ?

टेकपाना टेकपाना

माघ २३, २०७९ १८:४८

नम्बर सेभ नगरी ह्वाट्सएपमा कसरी पठाउने मेसेज ?

काठमाडौँ । ह्वाट्सएपमा कुनै पनि नम्बरमा कुराकानी गर्न हामीले फोनमा सो नम्बर सेभ गरेको हुनुपर्छ । कतिपय अवस्थामा फोन नम्बर सेभ गरेर ह्वाट्सएपमा जोड्ने प्रक्रिया झन्झटिलो लाग्न सक्छ ।

केही अवस्थामा कुराकानी फोन नम्बरबाटै हुन्छ, तर फोटो तथा अन्य केही डेटा शेयर गर्नुपर्‍यो भने ह्वाट्सएप प्रयोग गर्नुपर्ने हुन्छ । त्यसमा पनि कन्ट्याक्ट सेभ गरेर ह्वाट्सएपबाट च्याट गर्ने प्रक्रिया झन्झटिलो लाग्न सक्छ ।

आज हामी फोनको 'कन्ट्याक्ट्स' मा नम्बर सेभ नगरेरै कसरी च्याट गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छाैँ:

१. लिङ्कमा गएर

तपाईँले कुनै व्यक्तिको नम्बर पाउनुभयो र ह्वाट्सएपमा कुरा गर्नुपर्ने भयो भने यस्तो अवस्थामा सेभ नगरी लिङ्क प्रयोग गरेर सोझै ह्वाट्सएपमार्फत कुरा गर्न सकिन्छ ।

त्यसका लागि सबैभन्दा पहिले (wa.me/+ कन्ट्री कोड फोन नम्बर) यस्तो राखेर ब्राउजरमा सर्च गर्नुहोस् ।

उदाहरणका लागि मलाई नेपालको कुनै सिम प्रयोग गरिरहेको व्यक्तिको नम्बर मिल्यो जसको नम्बर (974280****) हो भने (wa.me/+977974280****) यसरी लिङ्क राखी ब्राउजरमा खोज्नुभयो भने ह्वाट्सएप खुल्छ र सोझै च्याट गर्न सकिन्छ ।

२. थर्ड पार्टी एपको प्रयोग

तपाईँलाई नयाँ-नयाँ नम्बरमा बारम्बार ह्वाट्सएप प्रयोग गर्नुपर्ने बाध्यता छ भने थर्ड पार्टी एपको सहयोग लिन सक्नुहुन्छ । प्ले स्टोरमा गएर ट्रुकलर एप डाउनलोड गर्नुहोस् ।

डाउनलोड गरेर सबै सेटअप भइसकेपछि तपाईँले ह्वाट्सएपमा च्याट गर्न चाहेको व्यक्तिको नम्बर डायल गर्नुहोस् । र फोन लगाई काट्नुहोस् ।

-   त्यसपछि सो नम्बरको छेउमा रहेको आइकनमा ट्याप गर्नुहोस् ।

-   अनि, स्क्रोल गर्दै तल गएपछि ह्वाट्सएपको अप्सन देखिन्छ ।

-   उक्त अप्सनमा ट्याप गरिसकेपछि सो कन्ट्याक्ट ह्वाट्सएपमा खुल्छ, जहाँबाट सहजै कुरा गर्न सकिन्छ । 

 

३) अर्को व्यक्तिलाई मेसेज पठाउन अनुरोध गर्ने

यदि तपाईँलाई माथिका दुवै तरिका चित्त बुझेनन् भने ह्वाट्सएपमा च्याट गर्न चाहने व्यक्तिलाई मेसेज पठाउन अनुरोध गर्नुहोस् । उताबाटै मेसेज आएको खण्डमा नम्बर सेभ गरिरहनुपर्ने झन्झट हुँदैन ।  

कुनै व्यक्तिसँग केही क्षणका लागि मात्र ह्वाट्सएपमा च्याट गर्नुपर्ने छ भने यस्तो तरिका अपनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ २३, २०७९ १८:५४