काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमा आफ्नो पार्टीका समर्थकहरूको व्यवहार साइबर बुलिङकै तहमा भएको बताएका छन् । फेसबुकमा एक पाेस्ट गर्दै उनले गायिका एलिना चौहानप्रति व्यक्त भएका धारणा र आक्रमणलाई लोकतन्त्रको परिभाषाले नसमेट्ने टिप्पणी गरे ।
"यस्तो हुनुहुन्न भनेर सबैभन्दा पहिले आफ्नैहरूलाई सम्झाउनु पर्नेछ । लोकतन्त्रलाई व्यवहारिक बनाउँदै अगाडि बढ्नुपर्नेछ," कार्कीले विपरीत विचार राख्नेलाई किन कुट्छौ, किन आक्रमण गर्छौ भनेर आलोचना गर्नसक्ने नैतिक अधिकार आफैँले गुमाउँदै गएको जस्तो लाग्ने गरेको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।
"हाम्रै पार्टीका समर्थकहरूले हाम्रो पार्टी र नेताहरूको विरोध गर्नेहरू प्रति प्रयोग गर्ने शब्द र तरिका 'साइबर बुलिङ'कै तहमा छन्," उनले भनेका छन् ।
सामाजिक सञ्जालमा जनयुद्धको विरोध गरेको भन्दै गोरखामा क्याम्पस प्रमुख कुटिएको विषयसँग जोड्दै कार्कीले आफ्नो त्यस किसिमको असन्तुष्टि व्यक्त गरेका हुन् ।