close

आज सार्वजनिक हुँदै हाम्रो पे, प्रयोगकर्ताले आफ्नो खर्च समेत ट्र्याक गर्न सक्ने

टेकपाना टेकपाना

फागुन ५, २०७९ १४:१

आज सार्वजनिक हुँदै हाम्रो पे, प्रयोगकर्ताले आफ्नो खर्च समेत ट्र्याक गर्न सक्ने

काठमाडौं । हाम्रोपात्रो अन्तर्गतको डिजिटल वालेट 'हाम्रो पे' आज सार्वजनिक हुने भएको छ । कम्पनीले लामो समयदेखि परीक्षण गरिरहेको डिजिटल वालेट शुक्रबार एक कार्यक्रमका माझ सार्वजनिक हुन लागेकाे हाे । 

हाम्रो पेमा 'बिल स्प्लिट' फिचर समावेश हुने बताइएकाे छ । यसका माध्यमबाट कुनै एउटा बिल धेरै प्रयोगकर्ताले शेयर गरेर तिर्न सक्नेछन् ।

त्यस्तै हरेक क्याटगोरीको छुट्टाछुट्टै खर्च विवरण राख्न सकिने 'एक्सपेन्स ट्रयाकर' फिचर समावेश हुनेछ । हाम्रोपात्रो एपबाट 'हाम्रो पे' सोझै प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार हाम्रो पेमा 'आस्क मनी', 'एनालिटिक्स' जस्ता फिचर उपलब्ध हुनेछन् ।

 'आस्क मनी' फिचर प्रयोग गरी कसैबाट पैसा माग्न सकिन्छ । ​विशेषगरी सापटी दिएको वा कसैबाट लिन बाँकी रहेको रकम 'आस्क मनी' फिचरबाट माग गर्न सकिनेछ ।

त्यस्तै एनालिटिक्सबाट आफूले हाम्रो पेबाट गरेका सबै खर्च विवरण हेर्न सकिने बताइएको छ । त्यसबाहेक माेबाइल टपअप गर्ने, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधा प्रयाेग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०७९ १४:९