close

नेपाल टेलिकमको प्रजातन्त्र दिवस अफर, २९४ रुपैयाँमा २० जीबी डेटा

टेकपाना टेकपाना

फागुन ६, २०७९ १९:५३

नेपाल टेलिकमको प्रजातन्त्र दिवस अफर, २९४ रुपैयाँमा २० जीबी डेटा

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले प्रजातन्त्र दिवस अफर ल्याएको छ । मोबाइल सेवालाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो ।

यसअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डेटा पाउन सकिने छ । यो डेटा सुविधा १० दिनभित्र प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै कम्पनीले तीन दिनसम्म प्रयोग गर्न सकिने गरी ९८ रुपैयाँमा ६ जीबी डेटाको अफर पनि ल्याएको छ ।

कम्पनीले ४९ रुपैयाँमा एक दिनका लागि अनलिमिटेड डेटा र १०० मिनेट भ्वाइस सेवाको अफर पनि ल्याएको छ ।

ग्राहकले *१४१५*११# डायल गरी वा टेलिकमको मोबाइल एपबाट पनि प्रजातन्त्र अफरको प्याक खरिद गर्नसक्ने छन् । याे अफर फागुन ८ गतेसम्म लागू हुने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०७९ १९:५३