close

सबै स्थानीय तहमा विद्युतीय सवारी उपलब्ध गराउनुपर्छः सांसद नागिना यादव

टेकपाना टेकपाना

फागुन १२, २०७९ १६:५९

सबै स्थानीय तहमा विद्युतीय सवारी उपलब्ध गराउनुपर्छः सांसद नागिना यादव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले देशका सबै स्थानीय तहमा पेट्रोलियम सवारीको विकल्पमा विद्युतीय सवारी उपलब्ध गराउन माग राखेकी छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद यादवले पेट्रोलियम गाडीको खर्च बढी हुने र त्यसको विकल्पमा विद्युतीय सवारी उपयुक्त हुने धारणा राखिन् ।

"हामीकहाँ ७५३ स्थानीय तह छन् । एउटा तहमा वार्षिक इन्धन खर्च लगभग औसतमा ६० देखि ७० लाख भइरहेको छ । यसकाे विकल्पमा इलेक्ट्रिक भेहिकल प्रयोग गर्‍यौं भने ६० लाखमै गाडी आउँछ । त्यसको नगन्य मर्मत खर्च पनि छ । जब कि पेट्रोलयुक्त गाडीमा मर्मत खर्च पनि छ, अझ औसतमा हेर्ने हो भने एक करोडसम्म जान सक्छ ।"

देशभरका स्थानीय तहमा विद्युतीय सवारी उपलब्ध गराउने हो भने वार्षिक चार अर्ब रुपैयाँ बचत गर्न सकिने उनकाे भनाइ थियाे । "त्यो चार अर्ब हामीले विकासका काममा लगाउन सक्छौं," उनले थपिन् ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०७९ १६:५९