close

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस२३ सिरिजको बिक्री सुरु

टेकपाना टेकपाना

फागुन १२, २०७९ १८:०

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस२३ सिरिजको बिक्री सुरु

काठमाडौं । नेपाली बजारमा सामसङले आफ्नो पछिल्लो फ्ल्यागशिप सिरिज ग्यालेक्सी एस२३ को बिक्री सुरु गरेको छ । ​​यसअन्तर्गत ग्यालेक्सी एस२३ अल्ट्रा,  ग्यालेक्सी एस२३ प्लस र  ग्यालेक्सी एस२३ गरी तीन मोडेल रहेका छन् ।

यो सिरिजमा क्यामेरा र गेमिङ क्षमतालाई सुधारिएको कम्पनीले दाबी गरेको छ । सबै मोडेलमा १२० हर्ज रिफ्रेश रेट भएको कोर्निङ गोरिल्ला ग्लास भिक्टस टु प्रोटेक्सन सहित डाइनामिक एमोलेड डिस्प्ले दिइएको छ ।

अन्डर डिस्प्ले अल्ट्रासोनिक फिङ्गरप्रिन्ट रहेको यो सिरिजमा एक्सिलेरोमिटर, जाइरो, प्रोक्सिमिटी, कम्पास, ब्यारोमिटर जस्ता आधारभूत सेन्सरहरू रहेका छन् । कम्पनीका अनुसार सबै फोनमा डेस्कटप अनुभवका लागि सामसङ वायरलेस डेस्क र सामसङ डेस्क राखिएको छ । 

सामसङ एस२३

सामसङ एस२३ मा ६.१ इन्चको डिस्प्ले छ ।  एन्ड्रोइड १३ र वन यूआई ५.१ मा आधारित यो फोन क्वाल्कम एसएम ८५५० स्नापड्रागन ८ जेन टु चिपसेटद्वारा सञ्चालित छ । यो चिपसेटलाई कम्पनीले संसारकै शक्तिशाली चिपसेट भएको दाबी गरेको छ ।

त्यस्तै ८ जीबी र्‍याम रहेको यो फोन १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

सामसङ एस२३ मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

३९०० एमएएच ब्याट्री क्षमता भएको यो फोन चार्ज गर्न २५ वाटको तारयुक्त चार्जर उपलब्ध हुनेछ, जसलेआधा घण्टामै ५० प्रतिशत चार्ज गर्न सक्छ । यससँगै कम्पनीले १० वाटको वायरलेस चार्जर र ४.५ वाट रिभर्स वायरलेस चार्जर पनि उपलब्ध गराउने छ ।

सामसङ एस२३ प्लस

सामसङ एस२३ प्लसमा ६.६ इन्च आकारको डिस्प्ले राखिएको छ । एन्ड्रोइड १३ र वन यूआई ५.१ मा आधारित यो फोन क्वाल्कम एसएम ८५५० स्नापड्रागन ८ जेन टु चिपसेटमार्फत सञ्चालित छ ।

त्यस्तै ८ जीबी र्‍याममा उपलब्ध हुने यो फोन २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

सामसङ एस२३ प्लस मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा राखिएको छ ।

सेल्फी पारखीका लागि यो मोडेलमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

४७०० एमएएच ब्याट्री क्षमताको यो फोन चार्ज गर्न ४५ वाट वायर्ड चार्जर उपलब्ध गराउने कम्पनीले बताएको छ । जसले फोनलाई आधा घण्टामै ६५ प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

यससँगै कम्पनीले १० वाटको वायरलेस चार्जर र ४.५ वाट रिभर्स वायरलेस चार्जर उपलब्ध गराउने छ । 

सामसङ एस२३ अल्ट्रा

सामसङ एस२३ अल्ट्रामा ६.८ इन्चको डिस्प्ले छ । एन्ड्रोइड १३ र वन यूआई ५.१ मा आधारित यो फोन क्वाल्कम एसएम ८५५० एसी स्नापड्रागन ८ जेन टु चिपसेटद्वारा सञ्चालित छ ।

यो चिपसेटलाई कम्पनीले संसारकै शक्तिशाली चिपसेटका रूपमा दाबी गरेको छ ।

र्‍यामका लागि ८ जीबी र १२ जीबी गरी दुई विकल्पमा उपलब्ध हुने यो फोन २५६ जीबी र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा पाउन सकिने छ ।

सामसङ एस२३ को अल्ट्रा मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा राखिएको छ । सेल्फी पारखीका लागि यो मोडेलमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ ।

कम्पनीका अनुसार यो मोडेलमा अल्ट्रा वाइड ब्यान्ड (यूडब्लूबी) सपोर्ट रहेको छ ।

५००० एमएएच ब्याट्री क्षमता भएको यो फोन चार्ज गर्न ४५ वाटको तारयुक्त चार्जर उपलब्ध गराउने कम्पनीले बताएको छ । जसले फोनलाई आधा घण्टामै ६५ प्रतिशत चार्ज गर्न सकिनेछ ।

यससँगै कम्पनीले १० वाटको वायरलेस चार्जर र ४.५ वाटको रिभर्स वायरलेस चार्जर समेत दिने छ । 

मूल्य 

नेपाली बजारमा ग्यालेक्सी एस२३ अल्ट्रा १२+५१२ जीबी भेरियन्टको मूल्य दुई लाख नौ हजार ९९९ रूपैयाँ र १२+२५६ जीबी भेरियन्टको मूल्य एक लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै ८+२५६ जीबी भेरियन्ट भएको एस२३ प्लसको मूल्य एक लाख ५१ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

८+२५६ जीबी भेरियन्ट भएको एस२३ को मूल्य भने एक लाख २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०७९ १८:५