close

नेपाल एयरलाइन्सको टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

फागुन १६, २०७९ ७:४६

नेपाल एयरलाइन्सको टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

काठमाडौं । अब नेपाल वायुसेवा निगम (नेवानि) को टिकट अनलाइन खरिद गर्दा आईएमई पेबाट पनि भुक्तानी गर्न सकिने भएको छ । आईएमई पेले नेवानिको विद्युतीय भुक्तानी सेवा प्रदानकर्ता को रुपमा रहने गरी निगमसँग सम्झौता गरेको हो ।   

सो सम्झौता अनुसार ग्राहकले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्नसक्नेछन्। नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरूपको गन्तव्य र 
मिती छानी, मागिएको विवरण भरि चेकआउट गर्ने क्रममा आइएमई पे छनोट गरी भुक्तानी गर्न सकिनेछ ।  

ग्राहकका लागि भुक्तानी प्रक्रिया सहज गर्न र विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न यो सम्झौता गरिएको कम्पनीले जनाएको छ । 
 

पछिल्लो अध्यावधिक: फागुन १६, २०७९ ७:४६