close

तपाईंलाई कसले कल गर्‍यो ? रिङटोन सुनेरै यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

फागुन १६, २०७९ १३:३२

तपाईंलाई कसले कल गर्‍यो ? रिङटोन सुनेरै यसरी थाहा पाउनुहोस्

काठमाडौं । एन्ड्रोइड फाेनमा एउटा त्यस्तो सेटिङ छ, जसका माध्यमबाट फोन नहेरेर सहजै कसले फोन गरेको भन्ने पत्ता लगाउन सकिन्छ । यस फिचरको नाम हो 'कन्ट्याक्ट रिङ्गटोन' । यसको अर्थ तपाईँले हरेक व्यक्तिका लागि फरक-फरक रिङटोन सेट गर्न सक्नुहुन्छ ।

त्यसपछि रिङटोन बजेकै भरमा कसले फोन गरेको भन्ने कुरा पहिचान गर्न सकिन्छ । तपाईँको एन्ड्रोइड डिभाइसअनुसार यो सेटिङको नाम फरक-फरक हुन्छ । वा तपाईँको फोन निर्माता कम्पनीले गुगलको यो सेवामा सहकार्य गरेको छ वा छैन भन्ने कुराले यो फिचर हुने/नहुने कुरामा फरक पार्छ ।

तर, अधिकांश एन्ड्रोइड फोनमा 'कन्ट्याक्ट रिङटोन' फिचर रहेकाे पाइन्छ । कसैको फोन आउँदा दिक्क लाग्छ वा कोही विशेष मान्छेको फोन आउँदा पहिचान गर्नुपर्‍यो भने यस्तो फिचर प्रयोग गर्न सकिन्छ ।

अधिकांश एन्ड्रोइड डिभाइसमा तलको प्रक्रिया अपनाएर कन्ट्याक्ट रिङटोन सेट गर्न सकिन्छ:

-   सबैभन्दा पहिले आफूले विशेष रिङटोन राख्न खोजेको नम्बर सेभ गर्नुहोस् ।

-   त्यसपछि फोनमा कन्ट्याक्ट एप खोल्नुहोस् ।

-   अनि, आफूले सेभ गरेको व्यक्ति वा कम्पनीको नाममा ट्याप गर्नुहोस् ।

-   माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

-   र, सेट रिङटोनको अप्सन छान्नुहोस् ।

-   यति गरेपछि तपाईँले राख्न चाहेको रिङटोनमा गएर त्यसैलाई सेलेक्ट गर्नुहोस् । यसरी विशेष रिङटोन सेट गर्न सकिन्छ ।

यसरी विभिन्न कन्ट्याक्टलाई फरक-फरक रिङटोन राख्दा फोन नछोएर कसले फोन गरेको भन्ने पत्ता लगाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०७९ १३:५०