काठमाडौं । गएको अक्टोबर महिनामा साओमीले आफ्नो रेड्मी ब्रान्डको स्मार्टफोनमा २१० वाटको चार्जिङ प्रविधि सार्वजनिक गरेको थियो । त्यतिबेला यो सबैभन्दा फास्ट चार्जिङको रेकर्ड थियो । यो रेकर्डलाई तोड्दै हालै रियलमले २४० वाट चार्जिङ प्रविधि सार्वजनिक गरेकाे छ ।
यो रेकर्डलाई पनि तोड्न साओमीले हाल जारी मोबाइल वर्ल्ड कंग्रेसमा ३०० वाटको फास्ट चार्जिङको डेमो देखाएको छ । उक्त डेमोमा पाँच मिनेटभित्रै स्मार्टफोनकाे ब्याट्री फुल चार्ज भएको देखाइएकाे छ ।
कम्पनीले यो प्रविधि आफ्नो रेड्मी नोट १२ प्रो प्लसमा परीक्षण गरेको हो । उक्त फोनमा ४१०० एमएएचको ब्याट्री उपलब्ध छ ।
३०० वाट फास्ट चार्जिङ सपोर्ट गर्ने यो फोन डेमोका क्रममा एक मिनेटमा नै २० प्रतिशत चार्ज भएको थियो भने ५० प्रतिशत चार्ज हुन फोनलाई २ मिनेट १२ सेकेन्ड लागेको थियो । त्यस्तै चार मिनेट ५९ सेकेन्डमा फुल चार्ज भएको थियो ।