close

आईफोन १४ प्रोलाई उत्कृष्ट स्मार्टफोन अवार्ड

टेकपाना टेकपाना

फागुन १९, २०७९ २१:३९

आईफोन १४ प्रोलाई उत्कृष्ट स्मार्टफोन अवार्ड

काठमाडौं  । यस वर्षकाे सर्वोत्कृष्ट स्मार्टफोन अवार्ड एप्पलकाे आईफोन १४ प्रोले पाएको छ । बार्सिलाेनामा हालै सम्पन्न 'मोबाइल वर्ल्ड कंग्रेस २०२३'  मा आईफोन १४ प्रोलाई यो विधाको अवार्ड दिइएको हो ।

त्यस्तै डिस्रप्टिभ डिभाइस इनोभेसन अवार्ड एप्पलकै इमर्जेन्सी एसओएस भाया स्याटलाइटले पाएको छ । यसैगरी बेस्ट कनेक्टेड कन्जुमर डिभाइस अवार्ड टीसीएस मोबाइलले पाउन सफल भएको छ ।

सो कार्यक्रममा यस वर्ष थुप्रै नयाँ कुरा देख्न पाइएको छ । चर्चित ब्रान्ड नोकियाले छ दशकपछि आफ्नो लोगो परिवर्तन गरेको छ । नथिङ फोन टुका केही विवरणहरू बाहिरिए ।

रियलमी जीटी थ्रीको २४० वाट फास्ट चार्जर सार्वजनिक भएको छ । त्यस्तै साओमी १३ सिरिजका स्मार्टफाेनमा पहिलो पटक लाइका ब्रान्डको क्यामेरा प्रयोग भएको छ ।

ग्लाेबल माेबाइल अवार्डबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

 

 

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ ९:३