काठमाडौं । गत वर्ष मार्चमा एप्पलले आईफोन १३ लाइनअपका लागि हरियो रङको एउटा माेडेल सार्वजनिक गरेको थियो । विभिन्न स्रोतका अनुसार यस वर्ष कम्पनीले पहेँलो रङ्गको 'आईफोन १४' र 'आईफोन १४ प्लस' ल्याउन लागेको खबर बाहिरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम नाइन टु फाइभ म्याकका अनुसार कम्पनीले यो वर्ष आईफोन १४ लाइनअपमा पहेँलो भर्सन परिचित गराउन लागेको हो । गत वर्ष ८ मार्च २०२२ मा कम्पनीले हरियो रङको आईफोन १३ सार्वजनिक गरेको थियो ।
यो वर्ष पनि मार्चको दोस्रो वा तेस्रो सातामा सार्वजनिक हुनसक्ने अपेक्षा गरिएको छ । गत वर्ष आईफोन १३ र आईफोन १३ मिनी हरियो रंगमा उपलब्ध भएको थियो ।
तर, यता आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स 'अल्पाइन ग्रिन कलर' मा सार्वजनिक गरेको थियो । यो वर्ष पनि कम्पनीले आईफोन १४ मा यही रणनीति अपनाउने अपेक्षा गरिएको छ ।
कम्पनीले आईफोन १४ का लागि पहेँलो भर्सनको आईफोन सार्वजनिक गरेपनि पहेँलो रङमा उपलब्ध हुने आईफोन १४ पहिलो फोन भने होइन । यसअघि कम्पनीले सन् २०१३ मा आईफोन फाइभ सी, सन् २०१८ मा आईफोन एक्सआर र सन् २०१९ मा आईफोन ११ कम्पनीले पहेँलो रङमा उपलब्ध गराएको थियो ।